गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारगैडा स्थानान्तरणको विरोध गर्दै चितवनमा विरोध सभा

गैडा स्थानान्तरणको विरोध गर्दै चितवनमा विरोध सभा

March 3, 2016१५३ पटक

शिव शर्मा
चितवन, फाल्गुण २० गते । गैडा स्थानान्तरणको विरोधमा संरक्षणकर्मी तथा व्यवसायीहरुले बुधवार पश्चिम चितवनको जगतपुरमा विरोध सभा गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट वर्दियाको बबईमा गैडा स्थानान्तरण गरिएको भन्दै उनीहरुले नारायणी नगरपालिका १० कसरा चोकमा क्षेत्रिय होटल संघ सौराहाको नेतृत्वमा विरोध सभा गरेका हुन । निकुञ्जबाट सरकारले ३ वटा गैडा लगिसकेको छ भने अव दुई वटा लैजान वाँकी छ । विरोध सभामा वोल्दै संरक्षणकर्मी तथा व्यवसायीहरुले उपयुक्त वासस्थान विनै गैडा स्थानान्तरण गरिनु घातक हुने वताए ।

विरोध सभामा वोल्दै क्षेत्रिय होटल संघ सौराहाका द्धितिय उपाध्यक्ष दिपक भट्टराईले गैंडा स्थानान्तरणले चितवनको चिनारीनै मेटिन सक्ने वताए । विरोध सभामा संरक्षणकर्मी वासु विडारी,व्यवसायी वलराम दाहाल,गोविन्द विक,विनोद खनाल,कृष्ण घिमिरे,ऋषी तिवारी लगायतले उपयुक्त वासस्थान विनै तत्काल तत्काल गैडा स्थानान्तरण गर्न नहुने वताए । जगतपुरमा विरोध सभा गर्नु  अघि चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा पुगी विरोध पत्र वुझाईएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण