प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा चीनसँग इन्धन सम्झौता हुने
फाल्गुन २०, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा इन्धन आयात सम्झौता हुने भएको छ । नाकाबन्दी खुलेको करिब एक महिना पुग्न लागे पनि भारतबाट पर्याप्त इन्धन नआएपछि चीनसँग सम्झौता गर्न आपूर्ति मन्त्रालय जुटेको हो ।
आपूर्तिमन्त्री गणेशमान पुनका अनुसार प्रधानमान्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा इन्धन सम्झौता पनि मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरिने छ । ‘प्रधानमन्त्री भ्रमणका क्रममा इन्धन सम्झौता पनि एजेन्डामा रहने छ,’ मन्त्री पुनले भने, ‘आयात सम्झौता हुनेमा पुनस् आशावादी छौं ।’ उनका अनुसार कारणवश भ्रमणको समयमा हुन नसके अघि पछि हुने छ ।
चीनबाट इन्धन आयात गर्नका लागि धेरै कुरा सकारात्मक रहेको मन्त्रालयको भनाइ छ । नेपाल आयल निगमका अनुसार अहिले भारतले ७० प्रतिशतभन्दा बढी इन्धन नदिने नीति अपनाएको छ । भारतीय आयल कर्पोरेसन्स ९आईओसी० ले केन्द्र सरकारको निर्देशन भन्दै ७० प्रतिशतभन्दा बढी दिन अस्वीकार गर्दै आएको छ । लामो समय नाकाबन्दीपश्चात पनि मागअनुसार इन्धन आयात नहुँदा बजारमा इन्धन संकट कायमै छ ।
इन्धनका लागि सर्वसाधारणहरू दिनभरि लाइनमा बस्न बाध्य छन् । आयात भएको इन्धनसमेत व्यवस्थित र पारदर्शी ढंगले वितरण हुन नसक्दा उपभोक्ताले सास्ती खेप्दै आएका छन् । इन्धन आपूर्ति बढाउनका लागि केही दिनअघि निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का भारत भ्रमणमा गएका थिए । त्यसक्रममा खड्काले आईओसीका अधिकारीसँग आपूर्ति सहजताबारे छलफल गरे पनि शत प्रशितत आपूर्ति बढाउने आश्वासन नपाएको बताए ।
‘भ्रमणका क्रममा आईओसीका मार्केटिङ निर्देशक बीएस कास्तको कुराकानीमा लोडिङ क्रमिक रूपमा बढाउने जनाए पनि अनौपचारिक रूपमा प्राविधिक समस्या भन्दै अहिलेकै आपूर्तिबाट व्यवस्थापन गर्न आईओसीले भनेको छ,’ उनले भने, ‘आईओसीसँग मात्रै निर्भर हुँदा आपूर्तिमा समस्या देखियो । समाधान गर्न अन्य विकल्प खोज्नुपर्छ । अन्य मुलुकबाट पनि इन्धन आयात गर्नुपर्छ ।’
निगमका अनुसार मागअनुसार लोडिङ बढाउन आईओसीलाई दैनिक पत्रचार गरिएको छ । तर, पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यास गरेर ७० प्रतिशतभन्दा बढी लोडिङ दिइएको छैन । ‘मागअनुसार लोड बढाउन दैनिक कुराकानी हुन्छ ।
रक्सौल डिपोबाट ६ सय किलोलिटर पेट्रोल माग गर्दा ४ सय मात्रै लोड हुँदै आएको छ । बेतालपुरबाट पनि क्षतमाअनुसार इन्धन दिएको छैन,’ खड्काले भने, ‘३० प्रतिशत विकल्प आवश्यक छ ।’
खडकाले चीन, बंगलादेश अथवा भारतकै रिलायन्स कम्पनीबाट ३० प्रतिशत इन्धन ल्याउनका लागि सरकारले पहल गर्नुपर्ने बताए ।
यस्तै चीन सरकारले इन्धन भण्डारणमा सहयोग गर्ने चासो पनि देखाएको छ । दीर्घकालीन रणनीतिअनुसार तीन ठाउँमा करिब ९० दिनलाई पुग्ने इन्धन भण्डारण क्षमता बनाउने तयारी थालेपछि चीनले सहयोग गर्ने चासो देखाएको मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा यसलाई पनि एजेन्डाका रूपमा राखिने छ । एजेन्डामा खर्च सबै चीनले बेहोर्ने गरी बनाइने छ ।
मन्त्रालयका अनुसार इन्धन भण्डारण काभ्रेको पाँचखाल, तनहुँको खैरनी, नुवाकोटको बट्टा भन्ने ठाउँमा बनाइने छ । ती स्थानमा पेट्रोल, डिजेल र हवाई इन्धनको भण्डारण गरिने छ । तीन स्थानमा करिब ४ लाख १३ हजार किलोलिटर भण्डारण गरिने छ । निगमको तथ्यांकअनुसार मुलुकमा करिब ७१ हजार १ सय ९८ किलोलिटर भण्डारण क्षमता छ । भण्डारण क्षमता कम हुँदा सबैभन्दा बढी मध्यमाञ्चलमा अभाव देखिएको छ । त्यसमध्ये सबैभन्दा बढी उपत्यकामा हुन्छ ।
यस्तै प्रधानमन्त्री ओलीको भ्रमणमा पारवाहन सम्झौता पनि एजेन्डामा रहेको मन्त्री पुनले बताए । प्रधानमन्त्री ओली चैत ७ गते चीन भ्रमणमा जाँदै छन् । केही साताअघि निगमले एक साताभित्रै सबै उपभोक्तालाई मागेजति इन्धन दिने बताए पनि सर्वसाधारणले पाउन सकेका छैनन् ।
अहिले इन्धन वितरणमा लगाएको कोटा प्रणाली पनि हटाएको छ । तर, पनि इन्धनका लागि सर्वसाधारणको भिड दैनिक बढदै गएको छ । यता निगमले भने आयातअनुसार नै इन्धन वितरण गरेको जनाउँदै आएको छ । ‘उपत्यकाको दैनिक माग साढे ३ लाख लिटर पेट्रोल र साढे ४ लाख लिटर डिजेल हो ।