गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारगलकोट यातायात प्रा.लि. गठन

गलकोट यातायात प्रा.लि. गठन

March 3, 2016२०४ पटक

कृष्ण कँडेल,

 बागलुङ फागुन २० गते ।  गलकोटका व्यवासायि संगठित भई गलकोट यातायात प्रालि गठन गरेका छन् ।

केयससिंह खत्रीको अध्यक्षतामा कम्पानीको रुपमा उद्योग मन्त्रालयमा यातायात प्रालि गठन गरिएको व्यवसायिले जनाएका छन् । गलकोटको हटियामा प्रधान कार्यालय रहने गरि दर्ता गरिएको कम्पानीको उपाध्यक्षमा पुर्ण राना र विरवल श्रेष्ठ, महासचिव सचिन निउरे, सचिव भिम केसी र सहसचिव सुरेन्द्र केसी रहनुभएको छ । 

download (1)

कम्पानीको सल्लाहकारमा बुलबहादुर केसी, दिनेश भण्डारी, खिम साहनी, चित्र साहनी, विरजंग भण्डारी, तिलक उप्रेती, टंक चालिसे, राम खत्री, देवेन्द्र खत्री र हेमबहादुर वुढाथोकी रहनुभएको छ । गलकोट यातायात प्रालिले सुरुमा गलकोट–बागलुङ–पोखरा रुटमा ट्याक्सि सञ्चालन गर्ने अध्यक्ष केयरसिंह खत्रीले जानकारी दिनुभएको छ । त्यसपछि क्रमश गलकोट काठमाण्डौ तथा गलकोट नारायणगढ रुटमा पनि ट्याक्सी सञ्चालन गरिने र क्रमश यि सवै रुटमा जीप तथा बस सञ्चालन गर्ने उदेश्य राखिएको खत्रीले बताउनुभएको छ ।

बागलुङको गलकोट क्षेत्रका व्यवसायि संगठित भई पहिलो पटक यातायात सम्वन्धि कम्पनी दर्ता भएको हो । पुष्पलाल मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नतीसँगै गलकोटमा सवारी साधान र यातायात व्यवसायिको चहलपहल बढ्न थालेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण