गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारनयाँ संविधानले सवै वर्ग र समुदायको अधिकार स्थापित गरेको छ : विष्ट

नयाँ संविधानले सवै वर्ग र समुदायको अधिकार स्थापित गरेको छ : विष्ट

March 3, 2016२०३ पटक

कमल पौडेल, बागलुङ २०७२ फागुन २० । नेकपा एमालेका केन्द्रिय सचिव, पूर्व उर्जा मन्त्री एवं गुल्मी क्षेत्र नं। ३ का सांसद गोकर्ण विष्टले नेपाली जनताले संविधान सभा मार्फत निर्माण गरेको नेपालको संविधान २०७२ ले सवै वर्ग तथा समुदायको अधिकार स्थापित गरेको वताएका छन्।

images

विहिबार गुल्मीको अर्लाङ्कोट गाविसमा नेकपा एमाले गाउँ कमिटि गुल्मीको पाँचौ अधिवेशनको उद्घाटन गर्दै सचिव विष्टले नयाँ संविधानको कार्यान्वयन गर्दै देशलाई सम्वृद्धि तर्फ लैजानु पर्ने वताए। अवको राजनैतिक यात्रा आर्थिक सम्वृद्धिको हुने भन्दै त्यसको अगुवाई एमालेले गर्ने दावी पनि गरे । विष्टले आफु गुल्मी क्षेत्र नं। ३ को सांसद भएपनि जिल्लाको समानुपातिक विकासको लागी कुनै कसर वाँकी नराख्ने वताए।
त्यस्तै कार्यक्रममा वोल्दै नेकपा एमाले धौलागिरि अञ्चल सदस्य एवं पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य इन्द्रलाल सापकोटाले देशलाई आत्मनिर्भर वनाउन सम्पूर्ण नेपाली जुट्नु पर्ने वताए । सापकोटाले इतिहासका कालखण्डमा भारतले हस्तक्षप गर्ने गरेको प्रसंग उठाउँदै त्यसको अन्त्य आत्मनिर्भरतावाट मात्रै सम्भव हुने वताए। कार्यक्रममा नेकपा एमाले गुल्मी जिल्ला सचिव सोमनाथ सापकोटा, जिल्ला सचिवालय सदस्य कमला शर्मालगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विहिबार सम्पन्न पाँचौ गाउँ अधिवेशनले पुनः खड्क वहादुर केसिकै अध्यक्षतामा २५ सदस्यिय नयाँ गाउँ कमिटिको गठन गरेको छ । जसको उपाध्यक्षमा माधव न्यौपाने, सचिवमा यज्ञमुर्ति कँडेल लगाएत रहेका छन्।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण