गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, समचारअर्घाखाचीको डेभामा पहिलो पटक बस पुग्यो

अर्घाखाचीको डेभामा पहिलो पटक बस पुग्यो

March 4, 2016१४७ पटक

अर्घाखाँची,  फाल्गुन २१ गते ।  अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क देखि ढिकुरा गाबिसको डेभा सम्म बस सेवा सूचारु भएको छ । पहिलो पटक बस पुग्दा स्थानियबासीहरुमा खुशी छाएको छ ।

स्थानियबासी र पश्चिम नेपाल बस व्यवसायी संघको सक्रियतामा पहिलो पटक सन्धिखर्क देखि ढिकुराको डेभा सम्म मिनि बस सन्चालनमा आएको हो । 

2

बस दैनिक रुपमा बेलुका ४ बजे सन्धिखर्कबाट ढिकुरा गैराकोट हुँदै डेभा सम्म र नियमित बिहान डेभाबाट सन्धिखर्कको लागि सन्चालनमा आउने भएको छ।  केही वर्ष अघि देखि नै सन्धिखर्क, धनचौर, पाकु सम्म नियमित जीप सन्चालन हुँदै आएका छन् ।

यसअघि सानो बाटोका कारण साना बाहेक ठुला सवारीसाधन चल्न सकेका थिएनन । साथै केही समयपछि बस सेवालाई धनचौर, पाकु सम्म विस्तार गरिने छ । उता अर्घाखाँचीका कयौ गाबिस(गाउँमा यस अघि नै जीपका साथै बस सेवा सन्चालन आईसकेका छन् र यातायातका सेवा विस्तार गर्ने क्रम जारी छ ।

अर्घाखाची अनलाइनबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण