गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, विशेषजुनसुकै बेला परमाणु आक्रमण गर्न सक्ने उत्तर कोरियाको चेतावनी

जुनसुकै बेला परमाणु आक्रमण गर्न सक्ने उत्तर कोरियाको चेतावनी

March 4, 2016१५५ पटक

160213032817_north_korea_misile_test_credit_reuters_624x351_reuters

काठमाडौं, फागुन २१ – उत्तर कोरियाका नेता किम जोङ उनले न्युक्लियर हतियार जुनसुकै बेला प्रयोग गर्न सकिने गरि तयार पारेको बताएका छन् । उनले बिहीबार आर्मि अफिसरसँग कुरा गर्दै सैन्य हमलाका लागि तयार रहनुपर्ने बताएका थिए ।
सयुंक्त राष्ट्र संघले कडा प्रतिबन्ध लगाएको समयमा किम जोङ उनको यो भनाई आएको हो । अन्तर्राष्ट्रिय कानुन विपरित परमाणु हतियार बनाएको भन्दै उत्तर कोरियामाथि २ दशक यताकै सबैभन्दा कडा प्रतिबन्ध लागेको छ ।
राष्ट्र संघको सुरक्षा परिषदमा प्रतिबन्ध सम्बन्धीको प्रस्ताव सर्वसम्मतिले पारित भएको केहि बेरमा नै उत्तर कोरियाले बिहीबार छोटो दूरीको मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाले प्रतिबन्धको विरोधमा मिसाइल परीक्षण गरेको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण