गृहपृष्ठ » मुख्य समाचारम्याग्दीबाट दुईवटा घोरलको छाला बरामद

म्याग्दीबाट दुईवटा घोरलको छाला बरामद

March 4, 2016६८ पटक

म्याग्दी, फागुन २१ गते । पश्चिम म्याग्दीको ताकम गाविस–८ सिवाङबाट दुईवटा घोरलको छाला बरामद गरिएको छ ।मुदी–८ स्थायी घरभई हाल सिवाङमा भिजन होटल सञ्चालन गरिरहेका गुप्तबहादुर घर्तीको घरबाट सुराकीको आधारमा प्रहरीले दुईवटा छाला बरामत गरेको हो । बरामद गरिएको छाला जिल्ला वन कार्यालयलाई बुझाइएको छ भने होटलका सञ्चालक घर्ती फरार रहेको जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवालले बताउनुभयो ।
‘म्याग्दीमा पछिल्लो समय वन्यजन्तुको तस्कर बढ्न थालेको छ । केही महिना अगाडि हिस्तान गाविस–९ दोसल्लेमा चितुवालाई मारेर सुकाएको अवस्थामा ३५ वर्षीय हिकबहादुर पुर्जालाई पक्राउ गरिएको थियो । त्यस्तै अर्मन–२ दोवाङका बेलबहादुर खत्रीको घरबाट घोरलको छाला, मासुसहित एक अवैध भरुवा बन्दुकसमेत फेला पारेको छ । चोरी सिकारीमा संलग्न भएको आरोप लागेका खत्री भने फरार छन् ।
जिल्लाका विभिन्न गाविसमा अवैध रूपमा वन्यजन्तुको चोरी सिकारी भइरहेको प्रहरीलाई सूचना प्राप्त भइरहेकाले सबै प्रहरी चौकीलाई खोजीकार्यमा जुट्न समेत निर्देशन दिएको प्रहरीले जनाएको छ । प्रहरीको पहुँच कम भएका बस्तीमा एकल तथा सामूहिक संलग्नतामा चोरी सिकारी भइरहेको छ । चितुवा, रतुवा, घोरल, मृग, बँदेलको चोरी सिकारी हुनेगरेको छ । जिल्लामा सयौँंको सङ्ख्यामा अवैध भरुवा बन्दुक रहेको अनुमान समेत गरिएको छ । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण