गृहपृष्ठ » मुख्य समाचार, विशेषपर्वतमा भैसी निकासी बढदै, गाउँबाट भैसी लोप हुने अवस्थामा

पर्वतमा भैसी निकासी बढदै, गाउँबाट भैसी लोप हुने अवस्थामा

March 4, 2016९४ पटक

पर्वत, फागुन २१ । मासुको प्रयोजनका लागि दैनिकजसो भैंसी निकासी हुँदा पर्वतका विभिन्न गाउँ विकास समितिमा भैसी लोप हुने अवस्थामा पुगेको छ ।
दक्षिण पर्वतका रानीपानी, बर्राचौर, वहाकी, शालिग्राम लगायतका गाविसबाट दैनिकजसो दर्जनौंको संख्यामा भंैसी निकासी भईरहेको छ । राम्रो मूल्य आएको अवस्थामा कृषकले दुधालु भैंसी समेत बेच्ने गरेको पाईएको छ । दैनिकजसो पोखराका व्यापारीहरु ट्रक लिएर भैंसी खरिदका लागि गाउँमा आउने र खरिद गरी मासुको प्रयोजनका लागि लैजाने गरेको स्थानीय बताउँछन् ।
व्यापारीलाई एउटा भैंसी मिलाईदिए बापत बिचौलियाले समेत राम्रै रकम पाउने भएपछि गाउँ गाउँमा भैंसी पाउन छोडेको हो । कुनैपनि स्त्रीजातीको पशु मासुका लागि बिक्री वितरण गर्दा त्यसको स्वास्थ्य परिक्षण, उमेर, गर्भावस्था लगायत परिक्षण गरेर मात्र बिक्री गर्न पाइने प्रावधान भएपनि अधिकांश गाविसबाट दैनिकजसो गैरकानूनी रुपमा दुधालु र गर्भवती भैंसी समेत बिक्री हुने गरेको स्थानीयले बताएका छन् ।
जिल्ला पशु सेवा कार्यालयले भने बुढो भएका र अनुत्पादक भएका भैंसीहरु स्वास्थ्य परिक्षण गरेर बिक्री गर्न सकिने जनए पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण