अहिलेकै सरकार निरन्तर रक्षामन्त्री रावल
पाल्पा, फागुन २२ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री भीम रावलले नेपाली कांग्रेसको महाधिवेशनपछि पनि केपी शर्मा ओली नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् ।
शनिबार नेपाल पत्रकार महासंघ पाल्पाको नवौं साधारणसभामा उनले अहिलेको सरकार हट्दैमा संविधान कार्यान्वयन सहज नहुने बताए ।
संविधानप्रति असन्तुष्ट दलहरुसँग वार्ता गरी समाधान खोजिने उनको भनाइ थियो ।