गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार, समाचारहरु, स्वास्थ्यआज महाशिवरात्रि, देशभरका शिवालय मन्दिरहरुमा दर्शनार्थीको घुईचो

आज महाशिवरात्रि, देशभरका शिवालय मन्दिरहरुमा दर्शनार्थीको घुईचो

March 7, 2016१७८ पटक

हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा भगवान् शिवको पूजाआजा गरी मनाइँदैछ । दर्शनार्थीहरूको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो छ ।

12813931_1185807448103751_338260783634817342_n

शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।
सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदय  मा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ । व्रतमा सर्वोत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

images (1)
यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ ।
पशुपतिनाथमा दर्शन गर्न हरेका वर्ष भारत लगायतका देशहरुबाट सयौंको संख्यामा भक्तजनहरु आउने गरेका छन् । तर यस वर्ष भारतबाट आउने नागा बाबाहरुको संख्या भने कम भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

Maha-Shivaratri-2071-16

पशुपतिलगायत शिव मन्दिरहरूमा बिहान सबेरैदेखि भक्तजनको घुइँचो लाग्ने गर्छ । शिवरात्रिका दिनमा पशुपतिनाथका चारवटै ढोका खुला गरिन्छ । यस दिन पशुपतिनाथलाई दिनमा पञ्चामृत र रातलाई प्रथम, द्वितीय, तृतीय र चतुर्थ प्रहरमा क्रमश: दूध, दही, घिउ र महले स्नान गराउने परम्परा छ ।

दर्शनका लागि पशुपति आएका सन्त, महन्त, साधु,सन्यासी, उदासी, वैरागीसमेतलाई गुठी संस्थानले शनिबार राति देखि बुधबार बिहानसम्म नि:शुल्क भोजनको व्यवस्था गरेको छ । उनीहरूलाई बुधबार बिहानको भोजनसँगै दान, दक्षिणासहित पशुपति क्षेत्र विकास कोषले बिदाइ गर्छ । शिवरात्रिका लागि धुनी जगाउन गुठी संस्थानले नि:शुल्क मुढासमेत उपलब्ध गराउँछ ।

साधु, सन्तलाई राज्यका तर्फबाट दान, दक्षिणा गर्न चमर, राडी, कमण्डलु, शंख, घण्ट, बख्खु, पीताम्बर, सिदाका सामग्री, फलफूल आदि शनिबार शीतलनिवास लगी राष्ट्रपति विद्यादेवी भण्डारीबाट संकल्प गराएर ल्याइएको पशुपति गोश्वाराका प्रमुख खिमा ओलीले बताइन् ।

download

शिवरात्रिकै दिन राजधानीको टुँडिखेलमा नेपाली सेनाद्वारा प्रस्तुत गरिने बढाइँमा राष्ट्रपतिसमेत सरिक हुने परम्परा छ । यस पर्वमा राति दोबाटो, चौबाटो र शिव मन्दिरअगाडि दाउरा बालेर आगो ताप्ने गरिन्छ । त्यसै आगोमा हलुवा, पुरी, तरकारी आदि पकाएर खाने चलन छ ।

यसै दिन ललितपुरस्थित त: बहालमा रातो मत्स्येन्द्रनाथको मन्दिरअगाडि पनि धुनी बाली आगो ताप्ने गरिन्छ । त्यस अवसरमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक राजखड्गलाई राजकीय सम्मानका साथ त्यहाँ पुर्‍याइन्छ । राजखड्ग पुगेपछि मत्स्येन्द्रनाथलाई मकै, भटमास, चना र सानो केराउ चढाएर आगो ताप्न आउने सबैलाई प्रसादका रूपमा बाँडिन्छ ।

download (1)

यस्तै, केदारनाथको शिरको रुपमा पुजिने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ ।

 

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण