गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, राजनीति, विशेष, समचारप्रधानमन्त्रीको चीन भ्रमणमा सम्झौता हुने भनिएका यी हुन मुख्य तीन विषय

प्रधानमन्त्रीको चीन भ्रमणमा सम्झौता हुने भनिएका यी हुन मुख्य तीन विषय

March 7, 2016२४७ पटक

२४, २०७२ सरकारले भारतसँगको एकतर्फी परनिर्भरता अन्त्य गर्न चीनसँग पारवहन सम्झौता गर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा त्यस्तो सम्झौता गर्न सरकारले गृहकार्य सुरु गरेको छ ।

भ्रमणका क्रममा पारवहन सम्झौतासँगै इन्धन र स्वतन्त्र व्यापार क्षेत्र ९फ्रि ट्रेड एरिया० बारे पनि सम्झौता हुने गरी तयारी भइरहेको उच्च अधिकारीले जानकारी दिए । भ्रमणको अघिल्लो दिनमात्रै एजेन्डा सार्वजनिक गर्ने सरकारको तयारी छ । यद्यपि विभिन्न पक्षसँग सुझाव लिने कार्य भने सरकारले गरिरहेको जनाइएको छ ।

भारतको एकतर्फी परनिर्भरताबाट पटक–पटक समस्या भोगेको सरकार इन्धन र व्यापारमा बल्ल विकल्पमा जान लागेको हो । राजधानीमा खपत हुने पेट्रोलियम पदार्थको ३० प्रतिशतसम्म चीनबाट आयात गर्नेगरी उच्चस्तरमा दीर्घकालीन सम्झौताको तयारी अघि बढेको परराष्ट्रका अधिकारीहरूले बताए । यस्तै, नेपालले १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि चिनियाँ एक्जिम बैंकमार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउन र ऊर्जा क्षेत्रमा चीनको लगानी बढाउन आग्रह गर्ने विषयमा समेत सरकारले तयारी गरिरहेको छ ।

download (2)

 

चैत ७ मा चीन जान लागेका प्रधानमन्त्री ओलीले बेइजिङमा उच्च राजनीतिक स्तरमा यस्तो सम्झौता गर्दैछन् । भारतको विकल्पको रूपमा नहेरी एकतर्फी परनिर्भरता हटाउनमात्र सरकारले यस्तो निर्णय लिन लागेको सरकारी अधिकारीले उल्लेख गरेका छन् । प्रधानमन्त्री ओली हैनानको बोआओमा चैत १० देखि हुने एसियाली सम्मेलनमा भाग लिने क्रममा चीन जान लागेका हुन् । उनी त्यसको दुई दिनअघि बेइजिङ जानेछन् । उनको चिनियाँ राष्ट्रपति सि जिनपिङ, समकक्षी ली ख छ्याङ लगायत उच्च राजनीतिज्ञसँग भेटवार्ता गर्ने तय भएको छ । उनले सम्मेलनमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै भ्रमणका क्रममा उत्तरी नाकालाई थप सबल बनाउन र काठमाडौंसम्म रेलमार्ग जोडी दिन चीन सरकारलाई औपचारिक आग्रह गर्ने तयारी भइरहेको जानकारीसमेत परराष्ट्रका एक अधिकारीले दिए ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले चीन भ्रमणको तयारी भइरहे पनि सम्झौता हुने विषयमा अहिले नै टुंगो नलागिसकेको बताए । ‘उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमणका क्रममा भएका सहमतिका आधारमा नै उच्चस्तरमा छलफल हुने हो,’ कान्तिपुरसँग उनले भने । सरकारले चीनसँग यसअघि भएका सहमति र कार्यान्वयनको खाका तय गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइसकेको छ ।

अधिकारीहरूका अनुसार भ्रमणमा नेपालमा चिनियाँ लगानी भित्र्याउने विषयले पनि चर्चा पाउने छ । यस्तै, लगानी सुरक्षासम्वबधी बिप्पा र नेपालमा चिनियाँ सुरक्षा चासोलाई लगायतका विषयमा पनि छलफल हुनेछ । भ्रमणका लागि दुवै मुलुकले आ–आफ्नो चासो राखेको विषयमा पत्र आदानप्रदान समेत भइसकेको जनाइएको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री थापाको डेढ महिनाअघिको बेइजिङ भ्रमणमा कतिपय विषय अघि बढाउने भनिए पनि उच्चस्तरमा सहमति हुने भनिए पछि छलफलमा मात्र केन्द्रित भएको थियो । अझै पनि भारतबाट चाहिएजतिको इन्धन नेपाल नभित्रिएका कारण जनता लाइनमा बस्नुपरेको अवस्थालाई हेर्दै सरकारले दक्षिणप्रतिको निर्भरता अन्त्य गर्न उत्तरसंग पारवहन सम्झौताको तयारी गरेको हो । पहिला हिमालका कारण उत्तरसँग सहकार्य जटिल भए पनि अब सीमासम्म रेलमार्ग आउने हुनाले यसमा महत्त्व दिएको हो । चीनले आफ्नो मुलुकमा नेपाली उत्पादनलाई बजार दिने, चीनको विकास रणनीति र नेपालको अवस्था अनुकूल औद्योगिक प्रणालीको स्थापनामा चिनियाँ सहयोगबारे पनि छलफल हुनेछ ।

चीनसँगको सीमावर्ती नाकालाई पुनस् प्रयोगमा ल्याउने आधारमा निश्चित भइसकेका र अन्य नाका पनि खोल्दै जनस्तरको सम्बन्धलाई थप नजिक ल्याइने चीनले जनाएको छ । अन्तर्देशीय व्यापार तथा सहयोग र व्यापारिक प्रयोगका लागि सीमा पार ढुवानी सन्धिमा हस्ताक्षर गर्न दुवै पक्षले सक्रियताका साथ अनुसन्धान पनि चीनले ध्यान दिने अर्को विषय हो । त्यस्तै स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने सम्भावनाको अध्ययनलाई चाँडै नै सुरु गरिने विषय र मानवीय आदानप्रदानलाई वृद्धि गर्नेलगायत विषयमा छलफल भइरहेको उच्च अधिकारीहरू बताउँछन् ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण