गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, स्वास्थ्यखर्वाङ्गमा सुरु भएको आखा शिविरमा १५० जनाको आँखा परिक्षण, शिविर फागुन २६ गते सम्म सञ्चालन हुने

खर्वाङ्गमा सुरु भएको आखा शिविरमा १५० जनाको आँखा परिक्षण, शिविर फागुन २६ गते सम्म सञ्चालन हुने

March 7, 2016१२२ पटक

गणेश थापा
रेडियो सारथी, बागलुङ्ग
फागुन, २३ – बागलुङ्ग जिल्लाको मध्यपश्चिम खर्बाङ्ग बजारमा सोमबारदेखी आँखा उपचार शिविर सुरु भएको छ ।

सोमबार पहिलो दिन १ सय ५० बिरामीको आखा परिक्षण गरिएकोमा १० जना मोतियारबिन्दुको शल्यक्रिया गर्ने बिरामीहरुको छनौट
गरिएको नेत्र ज्योतीसँघ बागलुङ्गका कार्यालय प्रमुख गणेश यादवले बताउनुभयो । ३ दिन सम्म सञ्चालन हुने भनिएकोमा १ दिन थप गरि फागुन २६ गतेसम्म सेवा सञ्चालन गरिने नेपाल रेडक्रस सोसाईटी उपशाखा खर्बाङ्गका सभापति बिष्णु भुषालले जानकारी दिनुभयो ।

२६ गते सम्म चल्ने शिविर नेपाल नेत्रज्योतीसँघ बागलुङ्गको आयोजना, लायन्स क्लव धौलागिरी बागलुङ्ग, लायन्स क्लव सिटी बागलुङ्ग र लायन्स क्लव अफ कालिका बागलुङ्गको सह आयोजना तथा हिमालय आँखा अस्पातल पोखाराको प्राविधीक सहयोग र नेपाल रेडक्रस सोसाईटी उपशाखा खर्बाङ्गको स्थानिय व्यबस्थापनमा शिविर सञ्चालन भएको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण