गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, विशेषइमेलका जन्मदाता रे को निधन

इमेलका जन्मदाता रे को निधन

March 7, 2016१३५ पटक

फागुन २४ – इन्टरनेटका ज्ञाता तथा इमेलका जन्मदाता रे टमलिनसनको निधन भएको छ ।

160307022542_ray_tomlinson_email_640x360_ap_nocredit

 

इमेल गर्ने तरिका पत्ता लगाएका टमलिनसनको ७४ वर्षको उमेरमा निधन भएको हो । टमलिनसनको हृदयघातका कारण शनिबार निधन भएको हो । उहाँले सन् १९७१ मा इनटरनेट नेटवर्क मार्फत एक व्यक्तिबाट अर्को व्यक्तिलाई इलेक्ट्रिोनिक सन्देश पठाउने तरिका पत्ता लगाउनु भएको थियो । अमेरिकी नागरिक तामलिनसन त्यो बेला बोल्ट, बेरनेक एण्ड न्युम्यनन कम्पनीमा कम्प्युटर इन्जिनियरको रुपमा कार्यरत हुनुहुन्थो ।

इमेल ठेगानामा प्रयोग हुने २ संकेत पनि उहाँकै देन हो । जुन अहिले इमेलको सर्वमान्य सिद्धान्त भएको छ ।कम्प्युटर इन्जिनियरको रुपमा काम गर्दै जाँदा आफूले विभिन्न परीक्षणपछि इमेल पठाउन सफल भएको उहाँले बताउनुभएको थियो । तर पहिलो इमेलमा आफूले के पठाएको थिएँ भन्ने थाहा नभएको उहाँको भनाई छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण