गृहपृष्ठ » मुख्य समाचार, स्वास्थ्यम्याग्दीमा झुसिलकिराको प्रकोप, पछिल्लो एक हप्तामा २० वटाभन्दा बढी भेडाबाख्रा मरे

म्याग्दीमा झुसिलकिराको प्रकोप, पछिल्लो एक हप्तामा २० वटाभन्दा बढी भेडाबाख्रा मरे

March 7, 2016९५ पटक

 म्याग्दी, २४ फागुन । म्याग्दीको राहुघाट क्षेत्रमा झुसिलकिराको प्रकोप फैलिएको छ । एक महिनादेखि फैलिएको झुसिलकिराका कारण पशुचौपाया र मानिस प्रभावित भएका छन् ।
चरनका लागि गएका भेडाबाख्राले घाँससँगै झुसिलकिरा खाँदा पाचन प्रक्रियामा असर पुग्ने र ढाडिएर पछिल्लो एक हप्तायता २० वटाभन्दा बढी भेडाबाख्रा मरेको चिमखोलाका दुर्गा पुनले बताए ।
विशेषगरी उत्तिसका रुख भएको जङ्गलमा झुसिलकिरा फैलिएको छ । मानिस पनि काउसो बिझ्ने हुँदा जङ्गलमा घाँस दाउरा गर्न जान सकेका छैनन् ।
चिमखोलाका साथै छिमेकी कुइनेमङ्गले, दग्नाम र पाखापानी गाविसको जङ्गलमा पनि झुसिलकिराको प्रकोप फैलिएको छ । झुसिलकिराले स–साना बोटबिरुवाका डाँठ खाएर सखाप बनाएको छ ।
केही ठाउँका बासिन्दाले झुसिलकिराको प्रकोप नियन्त्रण गर्न जङ्गलमा डढेलो लगाएका छन् । जसले गर्दा वन्यजन्तु, पक्षीको वासस्थानका साथै घरपालुवा जनावरलाई चरनको अभाव भएको छ । झुसिलकिराको प्रकोपले सो क्षेत्रका सयौँ हेक्टर जङ्गल सखाप पारेको छ ।
म्याग्दीका जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवालले झुसिलकिराको प्रकोपका बारेमा आफूलाई जानकारी नभएको र सम्बन्धित इलाका वन कार्यालयसँग बुझ्ने प्रतिक्रिया दिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण