गृहपृष्ठ » खेलकुद, मनोरञ्जन, मुख्य समाचार, शिक्षा, स्वास्थ्यअन्तर्राष्ट्रिय पुरुष भलिबलमा आज चार खेल हुँदै

अन्तर्राष्ट्रिय पुरुष भलिबलमा आज चार खेल हुँदै

March 7, 2016२९४ पटक

चितवन, फागुन २४ । चितवनको पटिहानीमा जारी पद्मोदय अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन ४ खेल हुँदैछन् । दुई समूहमा विभाजित ६ वटा टिमले दिनभर समूह चरणमा ४ खेल खेल्नेछन् ।

अहिले बिहान सबा ९ बजेबाट नेपालको विभागीय टिम नेपाल आर्मी क्लबले भारतको बीएमडब्लु दिल्लीको सामना गरिरहेको छ । प्रतियोगिताकै बलियो मानेको बीएमडब्लुले नेपाल आर्मीलाई कडा टक्कर दिइरहेको छ ।

समूह ‘बी’ बाट बीएमडब्लुले पहिलो खेल खेलिरहेको छ भने नेपाल आर्मीेका लागि यो दोस्रो खेल हो । यसअघि आइतबार भएको पहिालो खेलमा नेपाल आर्मी एपीएफसँग पराजित भएको थियो । दबाबमा रहेको आर्मी अघिल्लो चरणमा पुग्न सतर्क भएर खेलिरहेको छ ।

चितवनको भरतपुर उपमहानगरपालिका–२७, पटिहानीमा आइतबारदेखि सुरु प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । आइतबारै भएका दुई खेलमा नेपालका दुई विभागी टिम एपीएफ र नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेका छन् ।

उद्घाटन खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले अर्को विभागीय टिम नेपाल आर्मी र दोस्रो खेलमा नेपाल पुलिस क्लबले बंगलादेशको वाटर डेभलेपमेन्पट बोर्डलाई पराजित गर्‍यो ।

गतवर्ष पद्मोदय राष्ट्रिय भलिबल जितेको एपीएफले नेपाल आर्मीविरुद्ध ३–१ को जित हात पा¥यो । दोस्रो खेलमा समूह  ‘ए’ को नेपाल पुलिस क्लबले वाटर डेभलेपमेन्पट बोर्ड बंगलादेशलाई सोझो सेटमा ३–० ले पराजित गर्‍यो ।

फागुन २६ गतेसम्म चल्ने प्रतियोगितामा ६ वटा टिम सहभागी रहेका छन् । नेपालका एपीएफ, नेपाल प्रहरी र नेपाल आर्मी क्लब तथा भारतको बीएमडब्लु दिल्ली (भारत), साम्चे भलिबल क्लब भुटान र वाटर डेभलेपमेन्ट बोर्ड (डब्लुडीबी) बंगलादेश सहभागी छन् ।

यिनीहरुले ४ दिनसम्म कूल १० वटा म्याच खेल्नेछन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता मूल संयोजक रामहरि सेढाईंले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण