एसिया कपको उपाधि भारतलाई
ढाका, फागुन २४ । बंगलादेशको मीरपुरमा सम्पन्न एसिया कप क्रिकेटको फाइनलमा भारतले आयोजक राष्ट्र बंगलादेशलाई पराजित गर्दै उपाधि हासिल गरेको छ ।
टस जितेर क्षेत्ररक्षण रोजेपछि १२१ रनको लक्ष्य पाएको भारतले १३ ओभरको पाँचौं बलमै दुई विकेट गुमाएर जित हासिल गरेको हो । वर्षाका कारण खेल १५–१५ ओभरमा छोट्याइएको थियो ।
भारतका लागि विराट कोहलीले २८ बलमा ४१ रन बनाए भने धोनीले ६ बलमा २० रन बनाएर अविजित रहे । त्यसैगरी शिखर धवनले सर्वाधिक ६० रन बनाए ।
बंगलादेशका लागि महमुदुल्लाह र शब्बीर रहमानले आक्रामक ब्याटिङ गरेका थिए । महमुदुल्लाहले १३ बलमा ३३ रन बनाए भने शब्बीरले २९ बलमा ३२ रन बनाएका थिए ।