गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्यगुल्मीको श्रृंगामा निशुल्क स्वास्थ्य प्ररिक्षण एवम शल्यक्रिया शिविर सुरु, पहिलो दिन १३ जनाको शल्यक्रिया (फोटो फिचर)

गुल्मीको श्रृंगामा निशुल्क स्वास्थ्य प्ररिक्षण एवम शल्यक्रिया शिविर सुरु, पहिलो दिन १३ जनाको शल्यक्रिया (फोटो फिचर)

March 7, 2016४८९ पटक

विमल नेपाली
गुल्मी, फाल्गुण २४ गते । लायन्स क्लब अफ गुल्मी र टिकाराम कुन्तादेवी पाण्डे प्रतिष्ठान दिगाम गुल्मीको संयुक्त आयोजनामा गुल्मीको श्रृंगामा २ दिने निशुल्क स्वास्थ्य परिक्षण एवम शल्यक्रिया शिविर सोमबाबाट सुरु भएको छ ।20160307_151910 
शिविरको एक कार्यक्रमकावीच नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणी पौडेलले गर्नुभएको हो ।

20160307_152020

 

कार्यक्रमको उदघाटन गर्दै नेता पौडेलले दुई संस्थाले गरेको कार्यको प्रशंसा गर्दै अन्य संघसंस्था लाई पनि यसैगरी सामाजिक काम गर्न सुझाव दिनुभयो । 

20160307_152041उदघाटन कार्यक्रममा लायन्स क्लब र कुन्तादेवी पाण्डे प्रतिष्ठानको तर्फबाट श्रृंगा प्राथमिक स्वास्थ्य चौकीलाई करिब १६ लाख बराबरको औषधी तथा सर्जिकल सामग्री हस्तान्तरण गरिएको थियो ।   

20160307_152117  
20160307_15295320160307_153347 20160307_153428

सोमबारबाट श्रृंगा प्राथमिक स्वास्थ्य चौकीमा सञ्चालित शिविरको पहिलो दिन १३ जनाको शल्यक्रिया गरिएको छ भने निशुल्क रुपमा विरामीहरुलाई औषधी समेत वितरण गरिएको थियो ।20160307_153311 20160307_153210
शिविरमा काठमाण्डौबाट आउनुभएका प्रा.डा. प्रेमराज ज्ञवालीसहित अन्य ३ जना, लुम्बिनी मेडिकल कलेज प्रवासबाट २ जना र तम्घास जिल्ला अस्पतालबाट आउनुभएका डाक्टरहरुले सेवा प्रदान गरिरहनुभएको छ । 20160307_152400

लायन्स क्लबका अध्यक्ष हरि भण्डारीले उज्यालो लाल्टिनसँगको कुराकानीमा घरदैलोमा आएको निशुल्क स्वास्थ्य शिविरमा पुगी मौकाको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

20160307_152937

शिविर मंगलबार पनि सञ्चालन हुने छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण