संविधानको कार्यान्वयन गर्दै विकासमा लाग्नुपर्छ : नेता सापकोटा
कमल पौडेल, बाग्लुङ फाल्गुन २५ । नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकोटाले अवको समय संविधानको सफल कार्यान्वयन गर्दै विकासमा लाग्नु पर्ने वताउनु भएको छ। आज गुल्मीको बडागाउँ वार्ड २ दिगामचौरमा आयोजित संगठन विस्तार कार्यक्रममा सापकोटाले सो कुरा वताउनु भएको हो। नेकपा एमाले वडागाउँ को आयोजनामा भएको सो कार्यक्रममा जिल्ला सदस्य हिरा ए।सि। लगाएतले वोल्नु भएको थियो। कार्यक्रममा एकिकृत नेकपा माओवादी जिल्ला सल्लाहकार सदस्य नेत्र सर्तुङगी मगरको नेतृत्वमा एमालेमा प्रवेश गरेका थिए ।