शितल युवा क्लवको आयोजनामा ३ दिने शिवरात्रि मेला
कमल पौडेल,बाग्लुङ फाल्गुन २५। शितल युवा क्लव दगातुन्डाडा ८ जिमि राक्सेको प्रथम वार्षिकोत्सव तथा शिवरात्रि मेलासोमबार देखि सुरु भएको छ। सोमबार वयोवृद्ध समाजसेवि ९२ वर्षिय नन्दराम थापाले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
सोमबार भलिवल प्रतियोगिताको उद्घाटन गरिएको छ। ३ दिन सम्म चल्ने कार्यक्रममा विविध प्रतियोगीतात्मक कार्यक्रम सहित सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।