गृहपृष्ठ » मुख्य समाचार, विशेष, शिक्षा, स्वास्थ्यउपचार गर्ने भन्दै धाँमीले तातोपानी खन्याइदिए

उपचार गर्ने भन्दै धाँमीले तातोपानी खन्याइदिए

March 8, 2016१८६ पटक

दाङ, फागुन २५ – दाङ रुपाकोटमा धामीले तातोपानी खन्याइदिएपछि जलेर एक बृद्धा गम्भीर घाइते हुनुभएको छ । प्यारालाइसिस निको पार्ने भन्दै धामीले तातोपानी खन्याइदिएपछि ६० वर्षीया थुमसरा बिक गम्भीर घाइते हुनुभएको हो ।
हाँसीपुर गाविस–१ रुपाकोट बस्ने ६० वर्षकी बिकलाई दाङकै कोइलाबास बस्ने धामी कमल क्षेत्रीले उम्लिएको पानी खन्याइदिएको परिवारले जनाएको छ ।
गम्भीर घाइते भएकी बिकलाई राप्ती उपक्षेत्रीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पा लगिएको परिवारले जनाएको छ । आर्थिक अभावका कारण उपचारका लागी ढिलो ल्याएको परिवारले जनाएको छ । धामीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण