गुल्मीको मुसीकोट, लुगरुङ, झेदी बडागाउँ हुदै सदसमुकाम तम्घास सम्म सिधा जीप सञ्चालन
गुल्मी, फागुन, २७ । गुल्मीको मुसीकोट, लुगरुङ, झेदी बडागाउँ हुदै सदसमुकाम तम्घास सम्म सिधा जीप सञ्चालन भएको छ । बुधबार पहिलो दिन तम्घासबाट जीप लुगरुङ सम्म आईपुगेको र विहिबारदेखी नियमित रुपमा बिहान ६ बजेदेखी लुगरुङबाट सिधा तम्घासका लागि जीप छुट्ने समितीले जनाएको छ ।
लुगरुङबाट सिधा जीप तम्घासका लागि छुटेपछि गुल्मीको पौदीअमराई, मुसीकोट, बडाागाउ, वामीटक्सार तथा बागलुङको दगातुम्डाँडा, रिघा, सिसाखानी, रणसिँहकिटेनी, जलजला, ग्वालीचौर लगायतका बासिन्दालाई तम्घास जान सहज हुने अध्यक्ष भेष बहादुर नेपालीले रडियो सारथीलाई जानकारी दिनुभयो । तम्घाससम्म जानको लागि खर्बाङमा रहेको गुल्मेली होटलबाट टिकट बुक गर्न सकिने नेपालीले बताउनुभएको रेडियो सारथीबाट गणेश थापाले समाचार पठाउनुभएको छ ।