शितल क्लव दगातुम्डाँडाको आयोजनामा सञ्चालित खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आज अन्तिम दिन
बागलुङ्ग, फागुन, २७ । शितल क्लव दगातुम्डाँडा ८ बागलुङ्गको आयोजनामा सञ्चालित शिवरात्रीमेला अन्र्तगत बुधबार खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बुधबार तेस्रो दिन खुल्ला भलिवल प्रतियोगिताको प्रथम चरणको खेल सम्पन्न भएको आयोजकले जनाएको छ । यस्तै साँस्कृतिक कार्यक्रमतर्फ राष्ट्रिय लोक तथा दोहोरी गायक प्रकाश कटुवाल, हास्य कलाकार मरिचमान श्रेष्ठ बल्छि धुर्वे, गायीका मीरा गिरी, गायक किरण बि.सी. लगायतको बेजोड साँगीतिक प्रस्तुति रहेको थियो । यस्तै मोडल शिव खराल र प्रदिप ज्ञवाली लगायतको उपस्थिती रहेको थियो ।
प्रथम बार्षिकोत्सवको अवसरमा बुधबार कार्यक्रमलाई सफल पार्नको लागि सहयोग गर्ने सहयोगदाता तथा सँस्थालाई सम्मान गरिएको थियो । विहिबार अन्तिम दिन भलिवल खेलको सेमिफाईनल तथा फाईनल खेल सञ्चालन गरिने आयोजकले जानकारी दिएको रेडियो सारथीबाट विष्णु भुषालले समाचार पठाउनुभएको छ ।