गृहपृष्ठ » अार्थिक, पत्रपत्रीका, मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्य१४ सय बढी खरिदार पदमा जागिर खुल्यो, एसएलसी पास गरेकाले पनि दरखास्त दिन पाउने

१४ सय बढी खरिदार पदमा जागिर खुल्यो, एसएलसी पास गरेकाले पनि दरखास्त दिन पाउने

March 10, 2016२७२ पटक

फाल्गुण २७ गते । लोकसेवा आयोगले १४ सय भन्दा बढी खरिदार पदमा दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै अप्राविधिकतर्फ १४ सय ११ जना राजपत्र अनंकति खरिदार पदमा दरखास्त आह्वान गरेको हो ।
१४ वटै अञ्चल कार्यालय अन्तरगग माग भएको खरिदारका लागि तोकिएको योग्यता पुगेका उम्मेदवारले आवदेन गर्न सक्नेछन् । प्रशासन, लेखा, न्याय, व्यवस्थापिका संसद, लेखा परीक्षण, सरकारी वकिल लगायत समूहमा खरिदार माग भएको हो । विभिन्न कार्यालयमा रिक्त पदपूर्ति गर्नका लागि आयोगले २ सय २५ जना खरिदारका आन्तरिकरुपमा परीक्षा गर्नेछ । खरिदार भन्दा तल्लो तहमा कार्यारत कर्मचारीले पनि आन्तरिक रुपमा प्रतिस्पर्धा गर्न सक्नेछन् । मान्यतच प्राप्त शिक्षण संस्थाबाट एसएलसी पास गरेकाहरुले प्रतियोगितामा सहभागी हुन सक्नेछन् । आवदेन फारम अनलाइनमार्फत भर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।
loksewa-suchana2-finalloksewa-suchana1loksewa-suchana3final

Onlinekhabar बाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण