गृहपृष्ठ » मुख्य समाचार, विशेष, शिक्षा, समचार, स्वास्थ्यअनाथ अपाङ्ग बालबालिकाहरुलाइ टहरा निर्माण गर्न सहयोग माग्दै

अनाथ अपाङ्ग बालबालिकाहरुलाइ टहरा निर्माण गर्न सहयोग माग्दै

March 10, 2016१५१ पटक

सुर्य चन्द, काठमाडौँ फाल्गुन २७ = बिगत ८ बर्ष देखि काठमाडौँ कपनमा संचालित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा अहिले चालिस जना अनाथ तथा अपाङ्ग बालबालिकाहरु आश्रय लिएर बसेका छन्, जसमा द्वन्द पिडित देखि भुकम्प पिडित सम्मका बालबालिका हरु छन् । दयनिय अबस्था मा आश्रित बालबालिकाहरु भुकम्प पछिका दिन हरुमा झन् बेसी दयनिय अबस्थामा पिडा भोग्दै असुरक्षित घर मा बस्न बाध्य छन् संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष्य तिल बहादुर कार्की आफै पनि एक अपाङ्ग हुन् तर पनि उनीले सम्पूर्ण दाताहरु को सहयोगले गर्दा आज सम्म सस्थामा आश्रित चालिस जना अनाथ तथा अपाङ्ग बालबालिकाहरु लाइ आश्रय दिएर उनीहरुको भरण पोषण देखि लिएर शिक्षाको राम्रो ब्यबस्था गर्दै आएका छन् ।उनको सपना भनेको आफु मरेर गए पनि सस्थामा आश्रित बालबालिकाहरु को भबिष्य उज्ज्वल बनाउनु हो, अहिले बस्दै आएको भवन असुरक्षित र भाडा महँगो पनि भएकोले गर्दा उनीले गोकर्णमा जग्गा भाडामा लिएर आफ्नै आश्रय स्थल टहरा बनाउने निर्यण गरे, जहा चालिस जना अनाथ तथा अपाङ्ग बालबालिकाहरुको भबिष्य सुनिश्चित बनाइ उनीहरु लाइ मुलुकको एक असल नागरिक बनाउन अहिले सस्थाका अध्यक्ष्य तिल बहादुर कार्की लागि परेका छन् ।12064325_10207597144039140_634851382_nअध्यक्ष्य तिल बहादुर कार्की आफै अपाङ्ग हुन्, जसले २५ बर्ष सम्म पशुपतिनाथ र बौद्ध क्षेत्र को सडकपेटी मा मागेर जम्मा गरेको पैसा बाट आफु जस्तै अनाथ तथा अपाङ्ग बालबालिकाहरु लाइ आश्रय दिएर उनीहरुको अभिभाबक बनि गास बास कपास र शिक्षा दिन सुरु गरेका हुन् र अहिले उनि सस्था मा आश्रित बालबालिकाहरुको एक असल अभिभाबक एक असल माता पिता बनेर उनीहरुको भबिष्य उज्जवल बनाउन दिन रात लागि परेका छन् । बिगत ८ बर्ष देखि भाडा को भवन मा दुख गर्दै बस्दै आएका ति अनाथ बालबालिका हरुको स्तिथि सार्है दयनिय छ र टिठ लाग्दो पनि छ । यहि दयनिय अबस्था लाइ चिर्न अनि ति अबोध बालबालिका हरु को भबिष्य सुनिश्चित बनाउन अहिले फेरी सस्थाका अध्यक्ष्य तिल बहादुर कार्कीले अर्को आट गरेका छन्, काठमाडौँ को गोकर्ण मा जग्गा भाडामा लिएर टहरा बनाउने अठोट गरेका छन्  उक्त टहरा निर्माण गर्नको लागि लगभग ३० लाख रुपया लाग्ने प्रारम्भिक अनुमान गरिएको छ भने उक्त टहरा मा चालिस जना बालबालिका बसोबास गर्न १४र१५ वटा कोठा बनाउन लागेको कुरा अध्यक्ष्य कार्की बताउछन तर यो कार्य पुरा गर्न एक्लै ले सम्भब नभएको र कुनै अन्य आयश्रोत पनि नभएको कारणले सम्पूर्ण देश विदेश मा बस्ने आमा बुवा दाजु भाइ, दिदि बहिनि, संघ सस्था, समाजसेवी मनकारी दाताहरु संग सहयोग को आव्हान तथा अपेक्षा गरेका छन ।<a “=””>12821972_10207597143079116_1740514896_n (1)
तपाई हामीले गरेको सानो सहयोग बाटनै ति आश्रित अनाथ अपाङ्ग बालबालिकाहरु को भबिष्य सुनिश्चित हुने देखिन्छ त्यसकारण किन तपाई हामि पनि यस शुभकार्य को भागीदार नबन्नेरु सस्था का अध्यक्ष्य तिल बहादुर कार्कीले गरेको सुरु गरेको यस अठोट लाइ पूर्णता प्रदान गर्न हामी सबैले आ-आफ्नो ठाउ बाट सहयोग गरु, हामी सबैको सहयोगले गर्दा नै ति बालबालिकाको मुहार मा हासो र मुस्कान ल्याएर भोलिका कर्णधार नागरिक बनाउन सक्छौ र यो जिम्मेवारी एक केवल तिल बहादुर को मात्र नभएर हाम्रो पनि हो । जीवन आफ्नो लागी मात्र त पशु ले पनि बाचेको हुन्छ यहाँ १ अरुको लागि पनि बाचेर हेर त १ जीवन कति सुन्दर छ अनि अरुको लागि बाचेर पाउने खुसि नै आनन्द हो १ सत्य हो १ अनि धर्म पनि हो १ हामी संधै केहि गर्न सकेनौ भन्छौ (जीवनमा १ राम्रो काम गर्न सकेनौ भन्छौ । तर कमसेकम राम्रो काम गर्नेलाइ साथ त दिन सक्छौ नि रु त्यसो भए तपाइहरु पनि आफ्नो क्षेत्र बाट आनाथ बालबालिका साहारा बिहिन दुखि लाई आफ्नो आफ्नो क्षेत्र बाट सक्दो सहयोग गरौ १ अनि जिबन मा पुण्य कमाऊ १ राम्रो काम गर्ने लाई साथ दिउ, हात मा हात मिलाई अगाडी बढौ न यहा राम छन्, न यहाँ बुद्ध आउछन् न त कृष्ण नै १ यहा केवल असल मान्छे जन्मिन्छन् देवको प्रतिनिधित्व गरेर जो तपाई पनि हुन सक्नु हुनेछ । तपाई को आत्मा भित्र नि देबत्तो बसेको हुन सक्छ ।<a “=””>12821956_10207597146679206_1314680668_n
यदि तपाई हरु पनि तिल बहादुर कार्की को अठोट लाइ साथ दिन चाहानु हुन्छ भने सम्पर्क न.+९७७९८५१०८७०४९, +९७७९८४१९१९७७५, +९७७९८५१०५९८८५ तपाई हरु को सम्पूर्ण सहयोगहरु लाइ पारदर्शी रुपले राखी शिलालेख समेत सस्था मा राखिने जानकारी सस्था का अध्यक्ष्य तिल बहादुर कार्की ले गराए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण