गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, विशेष, समचारनोटमा स्टिच लगाउन नपाइने माग गर्दै सर्वोच्चमा रिट, केरमेट गर्ने र प्वाल पार्नेहरुलाई सजायँ गर्न माग

नोटमा स्टिच लगाउन नपाइने माग गर्दै सर्वोच्चमा रिट, केरमेट गर्ने र प्वाल पार्नेहरुलाई सजायँ गर्न माग

March 10, 2016१६४ पटक

Nepali-Notes-Currency२७ फागुन, काठमाडौं = नेपाली नोटको बिटोमा स्टिच ठोक्ने चलन बैंकहरुमा सामान्यजस्तै छ । तर, अमेरिकी डलर र भारतीय नोटमा त्यसरी स्टिच लगाउनेलाई कारवाही हुने गरेको दृष्टान्त दिँदै बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता अनन्तराज लुइँटेल, मनोजकुमार खड्का, कानुनका विद्यार्थी प्रविन्द्रराज जोशी र रुद्रप्रसाद पाठकले रिट दायर गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइएको छ ।

नोटहरुमा स्टिच लगाउने कार्यले नेपालको संविधान २०७२ को धारा २५, २७, २९ (२०), ३०, ३५ र ४४ मा उल्लेख अधिकारको हनन भएको तथा देशको अर्थतन्त्रको सुदृढिकरण, सवलीकरण एवम् वित्तिय अनुशासनमा समेत असर परिरहेको दाबी रिटमा गरिएको छ ।

‘आइन्दा बैंक नोटहरुमा स्टाप्लर गर्ने, नोटमा केरमेट गर्ने तथा जथाभावित च्यात्ने कार्य नगर्नू नगराउनु र त्यसका लागि आवश्यक कानुनी व्यवस्था आवश्यक परेमा सोको समेत व्यवस्था गर्नू भनी विपक्षीहरुका नाममा परमादेशको आदेश जारी गरी पाऊँ,’ सर्बोच्चमा बिहीबार दायर रिटमा लेखिएको छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण