गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यफेसबुकका साथीलाई रुस पठाइदिन्छु भन्दै ९ लाख ठग्ने पक्राऊ

फेसबुकका साथीलाई रुस पठाइदिन्छु भन्दै ९ लाख ठग्ने पक्राऊ

March 10, 2016१२९ पटक

Facebook-Friend

२७ फागुन, काठमाडौं = रुस पठाइदिन्छु भन्दै ९ लाख रुपैयाँ ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको शान्तिनगर गाविस १ बस्ने ३२ वर्षीय शुकबहादुर लिम्बु रहेका छन् ।

लिम्बुले सर्लाही घर भइ हाल काठमाडौंको कोटेश्वर बस्दै आएका दिपलाल महतोलाई रुस पठाइदिने भन्दै रकम ठगेका थिए ।

यसरी ठगिए महतो

सुरुमा महतोको फेसबुक साथीको रुपमा दावा ग्याल्बो शेर्पासँग परिचय भएको थियो । शेर्पाले आफू रुसमा भएको र रुस आउने भए ९ लाख रुपैयाँ लाग्छ, राम्रो कमाई पनि हुन्छ भनि प्रलोभन देखाएर लिम्बुसँग सम्पर्क गराइदिएका थिए ।

त्यसपछि महतोले लिम्बुको नाममा पटक-पटक गरी ९ लाख रुपैयाँ आईएमईमार्फत् पठाइदिएका थिए । तर, पछि शेर्पाले फेसबुक बन्द गरी सम्पर्कविहीन भएपछि महतोले आफू ठगिएको थाहा पाएका थिए । त्यसपछि उनले अपराध महाशाखामा निवेदन दिएको आधारमा प्रहरीले खोजी सुरु गरी ठगी कार्यमा संलग्न मध्येका एक लिम्बुलाई झापाबाट पक्राउ गरेको थियो ।

उनलाई झापाबाट पक्राउ गरी काठमाडौं ल्याइ ठगी मुद्दामा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसरमा पठाइएको छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण