गृहपृष्ठ » मुख्य समाचार, विशेष, शिक्षा, समचार, स्वास्थ्यउत्तरी मकवानपुरका अधिकांश खानेपानी मुहानहरु सुक्न थाले

उत्तरी मकवानपुरका अधिकांश खानेपानी मुहानहरु सुक्न थाले

March 10, 2016१७७ पटक

जिवराज बख्रेल मकवानपुर फागुन २७= उत्तरी मकवानपुरको थाहा नगरका अधिकांश खानेपानी मुहानहरु सुक्न थालेका छन् । उपभोक्ता समितिले विहान बेलुकी निश्चित समयमा मात्र पानी धारामा छोडेर खानेपानीको व्यवस्थापन गरिरहेपनि मुहानै सुक्न थाले पछि खानेपानी हाहाकार हुने सम्भावना बढ्दै गएको छ । बैशाख १२ गतेको भूकम्पका कारण पानीका मुहानहरु धमाधम सुक्न थालेकाले खानेपानीको चरम समस्या देखिएको हो । थाहा वडा नं. १४ का लिलाखेल र इकुन्डोल गाउँमा पानीको ठूलो समस्या देखिएको छ । यस क्षेत्रमा पानी ल्याइएको तीनवटा मुहान मध्ये एउटा मुहान पूर्णरुपमा सुकेको छ भने अन्य दुई मुहानमा पानीको मात्रा घटेको स्थानीयले वताए । दामन गाविस अन्तर्गत पर्ने मुहानबाट तसर हुँदै ल्याइएको पानी विहान एक घण्टा मात्रै आउने गरेको छ । विगतमा चौबिसै घण्टा आउने यो धारा अहिले सुक्न थालेपछि स्थानीयलाई निकै सास्ती भैरहेको छ । यो आयोजना करिव ५ वर्ष अघि स्थानीयको जनश्रमदान र जिल्ला खानेपानी समिति तथा स्थानीय आइएनजिओहरुको सहयोगमा निर्माण सम्पन्न गरिएको थियो । यता वर्षाैदेखि खानेपानीको पुरानो मूहानका रुपमा रहेको मुहानबाट आउने पानीको मात्रा पनि घटेको छ । यो मुहानमा पानी वितरणका लागि राखिएका पाइपहरु पूरानो भएकाले टुटफुटका कारण बिचमै पानी चुहिने गरेको छ । यो सानो मुहानबाट ६ वटा धारामा पानी वितरण गरिएको छ । यता २ वटा धारामा पानी वितरण हुँदै आएको डुनाँदो मुहान पनि पूर्णरुपमा सुकेको छ । त्यसै गरि थाहा नगरपालिका १ ओखरबजारमा पनि पानीको मुहान सुकेको छ । पहिला मुहानबाट ओभर फ्लो भएर चार इन्चको पानी बग्ने खोल्सो अहिले पुरै सुकेको छ । खानेपानीको मुहानका साथै यो क्षेत्र भएर बग्ने खोलानालाहरु समेत सुकेका छन् । वर्षाै पुरानो कान्ला खोला अहिले पूर्ण सुकेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण