गृहपृष्ठ » अार्थिक, कृषि, मुख्य समाचार, विशेष, शिक्षा, समचार, स्वास्थ्यडाक्टर बन्छु भन्ने मृगेन्द्रले गहभरी आँसु पार्दै आफुलाई बचाउन आग्रह गर्दा कसैको मन थामिएन

डाक्टर बन्छु भन्ने मृगेन्द्रले गहभरी आँसु पार्दै आफुलाई बचाउन आग्रह गर्दा कसैको मन थामिएन

March 11, 2016३६९ पटक

भविष्यमा चिकित्सक बनेर गाउँका दिनदुखीको सेवा गर्ने इच्छा राखेका गुल्मीका मृगेन्द्र श्रेष्ठको दुबै मृगौलाले काम गर्न छोडेपछी आम नेपालीसँग ज्यानको भिख मागीरहेका छन् ।
झण्डै ८ वर्ष अघि ट्याक्टर दुर्घटनाबाट बावुको मृत्यु पछि टुहुरा बनेका मृगेन्द्रले भविष्यमा चिकित्सक बनेर गाउँका दिनदुखीको सेवा गर्ने इच्छा राखेका थिए । सोचलाई व्यावहारमा उर्तान छात्रवृतिका लागि कोसिस गर्दै गरेका मृगेन्द्रले बिएससि दोस्रो बर्षमा अध्ययन गर्दैछन् । गरिवीको पीडा आफुले बुझेका कारण त्यो पीडालाई स्वास्थ्य उपचारको माध्यमबाट मलम लगाउने सोच थियो आफ्नै मृगौला फेल भएर यो गति भयो । आर्थिक स्थीति अत्यन्तै दयनिय भएका मृगेन्द्रको सबै सम्पत्ति बिक्री गर्दा पनि उपचार सम्बभ नभएकोले उनले आम नेपालीसँग ज्यानको भिख मागीरहेका छन् ।

mrigendra-shrestha

मृगेन्द्रकी आमा सिर्जना श्रेष्ठले मृगौला दिन तयार भएका छन् तर पैसाको अभावमा प्रत्यारोपण गर्न सकिएको छैन । देश विदेशमा रहेका आफन्त र शुभचिन्तकबाट केहि रकम उठेपनि प्रत्यारोपणका लागि प्रयाप्त रकम जुटीसकेको छैन । अमेरीकामा रहेका हराचौर निवासी श्रीराम थापाको सकृयतामा उठाईएको ४५ हजार रुपैंया मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ र थापाकी धर्मपत्नी कुमारी थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । अमेरीकाबाट थापाको सकृयतामा स्वयम् थापा लगायत १५ जनाले पठाएको रकम हस्तान्तरण गरिएको छ । उपचारका लागि सहयोग गर्नेहरुमा हरि थापा, केशव सुवेदी, कमल खत्री, भिम क्षेत्री, गोपाल कार्की, भिस्म खत्री, खर्दाखर सापकोटा, तेजेन्द्र थापा, रामु गौतम, धनु थापा, भुपाल थापा, खड्क श्रेष्ठ, क्षितिज थापा र राज्य शर्मा रहेका छन् ।
गेन्द्रको उपचारका लागि सहयोग जुटाउने श्रीराम थापाले यस अघि पनि थुप्रै असहाय गरिबको उपचारको लागि पठाएको रकमले धेरैको ज्यान बचेको छ । रकम हस्तान्तरण गर्नका लागि पुगेका गुल्मी कांग्रेसका सभापति भुवन श्रेष्ठले पनि आफ्नी धर्मपत्नी संगीता श्रेष्ठको नामबाट ५००० सहयोग गरेका थिए । सभापति श्रेष्ठसंग मृगौला रोगबाट पिडित मृगेन्द्रले आँखामा आँसु झार्दै अंकल म गरिबीमा हुर्के बढेकोले गरिबीको पीडा राम्रो सँग बुझेको छु, मलाई बचाउनु होस् म गरिबीका कारण उपचार गर्न नसकेका आम दिदिबहिनी दाजु भाईलाई डाक्टर बनेर मलम लगाउने छु ।
उनले त्यसो भन्दा त्याहाँ उपस्थित रेडक्रस गुल्मीका सभापति अनुप कुमार श्रेष्ठ समाजसेवी, उत्तम अर्याल र मिन प्रसाद श्रेष्ठका समेत आँखा रसाएका थिए । छोरालाई बचाउन मृगौला दिन तयार भएकी आमा सिर्जनाले मैले दिएर हुने भए मुटुको टुक्रा समेत दिने थिएँ तर त्यसले हुँदो रहेनछ । म सँग पैसा छैन त्यो नभएपछि प्रत्यारोपण भएको छैन । मैले आम नेपाली दिदिबहिनी दाजु भाईसँग मेरो छोराको प्राणको भिख माग्छु भनेकी छिन् । मृगेन्द्रको ज्यान बचाईदिन सहयोग गर्न चाहने दानविरले उनकी आमा सिर्जनाकोे फोन नं। ९८६७२६२३५३ वा पत्रकार महेन्द्र पाण्डेयको ९८५१०४५३६० मा सम्पर्क गरेर सहयोग गर्न सकिने भएको छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण