गृहपृष्ठ » अार्थिक, मुख्य समाचारअर्घाका गन्धर्व तथा दलितलाई नयाँ घर

अर्घाका गन्धर्व तथा दलितलाई नयाँ घर

March 11, 2016१२५ पटक

अर्घाखाँची फाल्गुन २८ गते । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १२ अर्घाको गन्धर्व तथा दलित समुदायको वस्तिमा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
यसअघि गत वर्ष पानी चुहिने र प्रकाश भित्र पस्ने नल र खरले बारेका स(साना छाप्रे घरमा बस्दै आएका सन्धिखर्क १२ अर्घाका २२ परिवार गन्दर्भलाई सरकारले नयाँ घर बनाइदिएको थियो । सारंगी रेटेर दैनिक जीवीकोपार्जन चलाउँदै आएका गरिब तथा विपन्न परिवारका गन्दर्भहरु अप्ठ्यारो र भिरालो ठाउँमा छाप्रे घरमा बस्नु पर्दा निकै दुःख झेल्दै आएका थिए। वर्षात्को समयमा घरभरि पानी भरिने, लत्ताकपडा भिज्ने तथा चिसोको समयमा घरभित्र पस्ने सिरेटोले थरथर काँपेर रात कटाउन बाध्य भएका उनीहरु सरकारले बनाइदिएको ४ कोठे पक्की घरमा घाम तापेर बस्न पाउँदा जीवनमा नयाँ अनुभव भएको बताउँछन्।
गाउँघरमा सारंगी बजाउँदै हिँडेर संकलन गरेको अन्न, तरकारी, नुन तेलले दैनिक गुजारा चलाउँदै आएका २२ गन्धर्व परिवारका लागि गरिबी निवारण कोषको ४० लाख र जनता आवास कार्यक्रमअन्तर्गत ३७ लाख गरी कूल ७७ लाख रुपियाँको लागतमा नयाँ घर बनाइएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण