गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारचीनले सुरु गरेको ‘रेशम मार्ग’ नेपालको जमिनमुनिबाटै हुने सम्भावना

चीनले सुरु गरेको ‘रेशम मार्ग’ नेपालको जमिनमुनिबाटै हुने सम्भावना

August 9, 2015२९५ पटक

resham highway
नुवाकोट, २४ साउन-परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले आइतबार संयुक्तरुपमा नुवाकोटको अवलोकन भ्रमण गरेका छन् ।

भूकम्पले भैतिक संरचनामा पु¥याएको क्षतिको अध्ययन गर्न मन्त्री पाण्डे र राजदूत चुन्ताई संयुक्तरुपमा जिल्ला भ्रमणमा गएका हुन् । उनीहरुले देवीघाटस्थित वृद्धाश्रम, जिल्ला अस्पताल, त्रिभुवन त्रिशूली उच्च मावि र नुवाकोटको साततले दरबार तथा दरबार परिसरका ऐतिहासिक संरचनाको अवलोकन गरेका छन् ।

पूर्णरुपमा ध्वस्त बनेको त्रिशूली अस्पतालको भौतिक संरचना निर्माणमा चिनियाँ सरकारले सघाउने भएकाले राजदूतलाई भ्रमणका लागि ल्याएको मन्त्री पाण्डेले बताएका छन् ।

सो अवसरमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री पाण्डेले चीनको सिगात्सेसम्म आएको रेलमार्गलाई नुवाकोटसम्म जोड्ने सम्भावना रहेको बताउँदै त्रिशूली–केरुङ रेलमार्ग जमिनले थामेसम्म बनाउन प्राविधिक टोलीले अध्ययन गर्ने उल्लेख गरे ।

साथै चीनले तयार गर्न लागेको ‘रेशम मार्ग’ दक्षिण एसियाकै मुलकलाई फाइदा हुनेगरी नेपालको जमिनमुनिबाटै तयार हुने सम्भावना रहेको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण