गृहपृष्ठ » अन्तर्राष्ट्रिय, अार्थिक, मुख्य समाचाररासायनिक मल खरिदमा भारतीय कम्पनीको चलखेल

रासायनिक मल खरिदमा भारतीय कम्पनीको चलखेल

August 9, 2015४५४ पटक

Uria Maalकाठमाडौं, सााउन २४ – रासायनिक मल खरिदमा भारतीय कम्पनी पाराकी फस्फेट लिमिटेड (पिपिएल) ले व्यापक चलखेल गरेको पाइएको छ ।

पिपिएलको चलखेलका कारण तीन बर्षअघि मन्त्रीपरिषद्को बैठकले प्रत्येक बर्ष ८५ हजार मेट्रिक टन रासायनिक मल खरिद अधिकार दिएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको अधिकार खोसिएको छ ।

मन्त्री परिषद्ले अधिकार दिएसँगै प्रत्येक वर्ष ८५ हजार मेट्रिक टन मल खरिद गर्दै आएको साल्ट ट्रेडिङलाई यस पटक भने पचास हजार मेट्रिक टन रासायनिक मल मात्र खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडले निर्देशन दिएको बताइएको छ ।

साल्ट ट्रेडिङले मल खरिदको अनुमति पाएसँगै मलको हाहाकार घटेको भएपनि यस बर्षबाट अधिकार खोसेपछि हाहाकार बढ्न सक्ने कृषि मन्त्रालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।

साल्ट ट्रेडिङ बाहेक कृषि सामग्री कम्पनीले भारतीय कम्पनी पिपिएलमार्फत मल ल्याउँदै आएको छ ।

यसरी अचानक मल आयातको कोटा घटाएर पिपिएलले कृतिम अभाव सिर्जना गरी ब्ल्याकमा मल बेच्ने उपाय रचेको स्रोतको दाबी छ ।

यता पिपिएल र नेपालकै केही मल माफियाहरु मिलेमतोमा कृषि सामग्री कम्पनीका उच्च अधिकारी नै लागेका कारण मलको कोटा घटाउन कृषि सामग्री कम्पनी लिमिटेड लागिपरेको स्रोतको दाबी छ ।

यता कृषि मन्त्रालयका बरिष्ठ कृषि प्रसार अधिकृत भगवना खतिवडाले साल्ट ट्रेडिङलाई पहिलो चौमासीकमा मात्र पचास हजार मेट्रिक टन ल्याउने अनुमति दिएको बताए । उनले भने, ‘आफ्नो पुरानो कोटा अनुसारको मल दोस्रो चौमासिकमा ल्याउन मन्त्रालयले रोकेको छैन ।’

त्यस्तै, भारत सरकारबाट कृषि सामग्री कम्पनीले पिपिएलमार्फत हरेक बर्ष २० हजार मेट्रिकटन डिएपी खरिद गर्दै आएको छ । भारत सरकारले हरेक बर्ष ९५ हजार डिएपी दिने सम्झौता गरेपनि २० हजारभन्दा माथि ग्लोबल टेण्डरबाट खरिद गर्दै आएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण