गृहपृष्ठ » मुख्य समाचार, राजनीतिछ प्रदेशको प्रतिवेदन सम्वाद समितिबाट पारित, संविधानसभामा पेस हुँदै

छ प्रदेशको प्रतिवेदन सम्वाद समितिबाट पारित, संविधानसभामा पेस हुँदै

August 9, 2015२८९ पटक

चिरञ्जोवी ढुंगाना |

फोटो :फाइल तस्बिर
काठमाडौं : सिमांकनसहितको छ प्रदेशमा मुख्य चार दलहरुबीच भएको सहमतिमा आधारित प्रतिवेदनलाई संवैधानिक तथा सम्वाद समितिले पारित गरेको छ ।

राति ८‍.१० मा सुरु भएको संविधानसभामा यसलाई प्रस्तुत गरिदैछ। यसअघि सम्वाद समितिले आफ्नो प्रतिवेदन सभाध्यक्षलाई बुझाएको थियो।

दलहरुबीचको सहमतिअनुसार सम्वाद समितिले मस्यौदामा परिमार्जन तथा थपघट गर्नुपर्ने बुँदासहितको प्रतिवेदन संविधानसभामा प्रस्तुत  गरेपछि यसलाई मस्यौदा समितिमा परिमार्जनका लागि पठाइनेछ। मस्यौदा समितिले जनताका सुझावसहित सम्वाद समितिले पठाएका बुँदालाई समेटेर संविधानको विधेयक तयार गर्नेछ।
बाग्लुङलाई दुई टुक्रा बनाइएको विषय तथा अन्य केही मुद्दामा शीर्ष नेताहरुबीच अहिले पनि छलफल भइरहेको छ। बागलुङका बारेमा पुनरविचार गर्न चार दलका नेताहरु सकारात्मक देखिएका छन्।
शनिबार मध्यरातमा भएको सहमतिमा बागलुङलाई पूर्व र पश्चिम दुई टुक्रा बनाएर दुईवटा प्रदेशमा राखिएको थियो । यसको व्यापक विरोध भएपछि नेताहरु पुनरविचार गर्न तयार भएका हुन्।

अपरान्ह पाँच बजे बस्ने भनिएको संविधानसभाको बैठक सात बजेलाई सारिएको छ। यसअघि तीन बजेका लागि निर्धारित बैठक पाँच बजे सारिएको थियो।

सिंहदरबारमा बिहान साढे एघार बजेदेखि सुरु भएको सम्वाद समितिको बैठक सकिएको छ। सहमतिसहितको प्रतिवेदनलाई पारित गरेपछि यसलाई आजै संविधानसभामा प्रस्तुत गरिने छ। राप्रपा नेपालसहितका पाँच दलले बहिष्कार गरेर बाहिरिएका छन्।

सम्वाद समितिका सभापति बाबुराम भट्टराईको अध्यक्षतामा  सुरु भएको बैठकमा अहिले विभिन्न दलका नेताहरुले बोल्ने क्रम जारी छ । छोटो छलफलपछि सम्वाद समितिले सहमतिसहितको प्रतिवेदनलाई पारित गर्नेछ ।

यसलाई आजै अपरान्ह बस्ने संविधानसभाको बैठकमा प्रस्तुत गरिने छ।सिंहदरबारमा बसिरहेको सम्वाद समितिमा राप्रपा नेपाल र चार मधेसी दलका सदस्यहरुले छ प्रदेशको सिमांकन आफूहरुलाई मान्य नहुने बताउँदै बहिष्कार गरेर बाहिरिएका हुन्।

निरन्तरको एक साता लामो बहस र विवादपछि मुख्य चार दल शनिबार मध्यरातमा सहमतिमा पुगेका हुन् । सिमांकनमा असन्तुष्टी जनाउँदै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका विजय गच्छदारले नोट अफ डिसेन्ट लेखेका थिए। तर उनले निर्णयमा वाधक नबन्ने बताएका छन् ।
छ प्रदेश बनाउँदा बागलुङ, नवलपरासी  र रुकुमलाई मात्रै टुक्राइएको छ। अरु जिल्लालाई यथावत् राखिएको छ। टुक्राइएका जिल्लामा स्थानीय समुदायबाट विरोध सुरु भएको छ।
नवलपरासीको दाउन्ने पूर्वको भागलाई एउटा प्रदेशमा र दाउन्ने पश्‍चिमको भागलाई अर्को प्रदेशमा गाभिएको छ। त्यसैगरी बागलुङको पूर्व र पश्‍चिम भागलाई अलगअलग प्रदेशमा राखिएको छ। रुकुमको पनि पूर्व र पश्‍चिमलाई दुई टुक्रा बनाइएको छ।

– See more at: http://annapurnapost.com/News.aspx/story/16151#sthash.lZjhz03r.dpuf

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण