गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारYCL लाई कमजोर नठान्न चेतावनी

YCL लाई कमजोर नठान्न चेतावनी

March 13, 2016१३८ पटक

कोपिला कंडेल
बागलुङ, २०७२ फागुन ३० गते । एकिकृत नेकपा माओबादीको जनबर्गिय संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल)ले शनिबार संगठन बिस्तार एबं जिल्लाभेला सम्पन्न गरेको छ । भेलाले वाईसीयल बागलुङका अध्यक्ष नरेस केसीको संयोजकत्वमा ५१ सदस्यीय योङ्ग कम्युनिष्ट लिग (वाईसियल) सम्मेलन आयोजक कमिटी बागलुङ गठन गरेको छ । कमिटिले आगामी तिन महिना भित्रमा जिल्ला सम्मेलन गरिसक्ने निर्णय गरेको सम्मेलन आयोजक कमिटिका संयोजक केसीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै वाईसियल नेपाल ४ नम्वर प्रदेशमा ईन्चार्ज सुमन देबकोटा अब्दुलले संघियता र संबिधानको कार्यान्वयनको लागि वाईसियलले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने बताए । टुटफुटका कारण पछिल्लो समयमा एमाओबादीको साईजमा कमि आएपनि सारमा नआएको चर्चा गर्दै वाईसियलका नेता अब्दुलले वाईसिलले शक्ति सञ्चय गरेर बसेको हुँदा कमजोर नठान्न चेतावनी दिए । उनले वर्तमान संबिधान अग्रगामी र सबैका मुद्दा समेट्ने खालको भएको भन्दै तत्काल कार्यान्वयनको दिशामा लैजानुपर्नेमा जोड समेत दिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण