गृहपृष्ठ » अार्थिक, कृषि, पत्रपत्रीका, मुख्य समाचार, समचार, स्वास्थ्यपाइपलाइन बनाउन भारतीय आयल कर्पोरेशनको निगमलाई पत्र

पाइपलाइन बनाउन भारतीय आयल कर्पोरेशनको निगमलाई पत्र

March 13, 2016३२१ पटक

फागुन ३० गते । इीनडयन आयल कर्पोरेसनले रक्सौल अमलेखगन्ज ४१ किलोमिटर पेट्रोलियम लपाइपलाइन निर्माण छिटो सुरु गर्न नेपाललाई पत्र पठाएको छ ।
आपूर्ति मन्त्रालयका सहसचिव दीपक सुवेदीले करिब दुई साता अघि आइओसीले पाइपलाइन परयोजना अघि बढाउन पत्राचार गरेको जानकारी दिएको छ ।NOC NEPAL
आइओसीले आफ्नोपट्टिबाट सबै तयारी सकेको जानकारी गराएको छ । नेपालको तर्फबाट के तयारी भइरहेको छ भन्ने जानकारी पनि मागेको छ, सुवेदीले भने, ‘पाइपलाइका विषयमा चाँडै एउटा बैठक राखेर छलफल गर्न आइओसीले आग्रह गरिरहेको छ ।
पाइपलाइन निर्माण बारे ७ भदौमा नेपालका तत्कालिन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र भारतको तर्फबाट पेट्रोलियम राज्यमन्त्री धमेन्द्र प्रधानले सम्झौता गरेका थिए । पाइपलाइन आइओसीले आफ्नै खार्चमा निर्माण गरिदिने सम्झौता छ । सम्झौता लगत्तै निर्माण गरिने भनिएको भएपनि भारतले गरेको नाकाबन्दीका कारण पाइपलाइन निर्माण कार्य रोकिएको थियो ।
नेपाल तर्फ ३९ किलोमिटर र भारततर्फ २ किलोमिटर बिछ्याइने पाइपलाइको व्यास १० इन्चको हुनेछ । रक्सौलबाट तेल खसालेपछि बढीमा ४५ मिनेटमा अमलेखगञ्जमा झर्ने आइओसीको प्रक्षेपण रहेको छ । एक घन्टा दुई लाख लिटर तेल ओसार्न सकिने पाइपलाइनबाट सुरुमा दैनिक ३० लाख लिटर ओसार्न सकिने आइओसीले जनाएको छ । आजको नयाँ पत्रिका दैनिका समाचार छापिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण