गृहपृष्ठ » खेलकुद, मुख्य समाचारएसियन युथ फुटबल फेस्टामा नेपालले एक खेल जित्यो, एकमा बराबरी

एसियन युथ फुटबल फेस्टामा नेपालले एक खेल जित्यो, एकमा बराबरी

August 9, 2015३१० पटक

काठमाडौं, साउन २४ – एसियन युथ फुटबल फेस्टा अन्तर्गत आइतबार भएका दुई खेलमा नेपालले एकमा जित र एकमा बराबरी खलेको छ । आइतबारको पहिलो खेलमा नेपाली टोलीले प्यालेस्टाइनको युथ फुटबल टोलीसँग गोल रहित बराबरी खेलेको हो ।

यस्तै आइतबार नै भएको अर्को खेलमा नेपाली टोलीले लानेम्साङ युनाइटेड फुटबल एकेडेमिको टोलीलाई १–० ले हरायो । नेपालको जितमा मनग्य नकर्मीले गोल गरे । नेपालले शनिबार भएका दुवै खेल जितेको थियो । खेलाडीको प्रदर्शनबाट आफू खुशी रहेको मुख्य प्रशिक्षक यम गुरुङले बताएका छन् । फेस्टामा भाग लिन १४ सदस्यि नेपाली टिम गएको बुधबार दक्षिण कोरिया गएको थियो । फेस्टामा अपराजित रहेको नेपाली टोली सोमबार स्वदेश फर्किने छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण