गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्यचट्याङ लागेर २ जनाको मृत्यु र ८ जना घाईते

चट्याङ लागेर २ जनाको मृत्यु र ८ जना घाईते

March 15, 2016१६६ पटक

शिव शर्मा
चितवन, चैत्र २ गते । चितवनमा सोमबार अपरान्ह परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका– १० जिरौनामा भारी वर्षासंगै परेको चट्याङ लागेर २ जनाको मृत्यु र ८ जना घाईते भएका हुन् ।

घाईते चार जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर मृत्यु हुनेमा सर्लाही रन्जितपुर–९ का १६ वर्षिय दिनेश माझी, सोही जिल्लाका हजरिया ५ की २४ वर्षिया रिता राईको मृत्यु भएको हो । उनीहरुको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बसन्तबहादुर कुवँरले नारायणी अनलाईनलाई जानकारी दिनुभयो ।

यस्तै घाईते हुनेहरुमा सर्लाही नरेनखोला बस्ने २१ वर्षिय सुरेश राई, सिन्धुली बस्ने १६ वर्षिय गोपाल राई, सोही स्थानकी सुमित्रा राई, अन्जु राईका २ वर्षिय छोरा कमल राईको अवस्थामा गम्भिर रहेको छ । अन्य ४ जनाको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ । घाईतहरुको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भईरहेको छ । मृतक तथा घाईते सबै इट्टा उद्योगमा कार्यरत थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण