गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्यविश्वमा नेपाल १०७ औँ खुसी राष्ट्र

विश्वमा नेपाल १०७ औँ खुसी राष्ट्र

March 17, 2016२१२ पटक

चैत ४ – डेनमार्क विश्वमा सबैभन्दा खुसी राष्ट्रमा परेको छ । विश्व ह्याप्पिनेश रिपोर्टका अनुसार सबैभन्दा खुसी राष्ट्रमा डेनमार्क पहिलो स्थानमा छ भने स्विजरल्याण्ड दोस्रो र आइसल्याण्ड तेस्रो स्थानमा छन् ।
एक सय ५६ देशमा गरिएको अध्ययन तथा अनुसन्धानका आधारमा यो सूची बनाईएको हो । जसमा सन् २०१३ देखि अहिलेसम्म डेनमार्क पहिलो स्थानमा पर्दै आएको छ । अमेरिका भने यो सूचीको १३ औं स्थानमा छ । यस्तै जापान ५३ औं, पाकिस्तान ९२ औं र नेपाल एक सय सातौं स्थानमा छ । भारत भने एक सय १८ औं स्थानमा छ । भारत भन्दा पाकिस्तान खुसी राष्ट्र भएको प्रतिवेदनले जनाएको छ । भारत अघिल्लो वर्षभन्दा एक स्थान तल झरेको छ । अघिल्लो वर्ष भारत ११७ औं स्थानमा थियो ।
प्रतिवेदन संयुक्त राष्ट्र संघको सस्टेनेबल डेभलपमेन्ट सोल्यूसन्स नेटवर्कले प्रकाशित गरेको हो । विश्व खुशी दिवसको अवसर पारेर प्रतिवेदन सार्वजनिक गरिएको हो । आउँदो आइतबार विश्व खुसी दिवस मनाईंदै छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण