गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति, विशेष, शिक्षा, समचार, स्वास्थ्यकक्षा ८ को वार्षिक परीक्षा दिदैँ पूर्वसभासद शान्ता

कक्षा ८ को वार्षिक परीक्षा दिदैँ पूर्वसभासद शान्ता

March 20, 2016२९७ पटक

७ चैत, काठमाडौं = लक्ष्मीपुर-४ सिथत एक घर । पलङमै पलेटी कसेर बसेकी छन् अधबैंसे महिला ।Ujyaalolalteen

घरी केही लेख्छिन् त घरी किताब हेरेर घोक्न थाल्छिन् । आजको नागरिक दैनिकमा समाचार छ । ‘बूढो दिमागले पढ्न नसक्ने रै छ’, खित्का छोडेर हाँस्दै उनले भनिन् ,’पढ्दै जान्छु, पहिले पढेका कुार ससबै विर्सिसकेको हुन्छु ।’ उनी हुन् पूर्वसभासद् शान्ता चौधरी ।

राजनीतिकर्मी शान्ता अहिले राजनीतिशास्त्रको परीक्षा होइन, कक्षा ८ को जिल्लास्तरीय परीक्षा तयारीमा बेजोडले लागेकी छन् । गाउँकै उच्चमावि डाँडागाउँ गाग्लीकी  विद्यार्थी उनलाई परीक्षाको चटारो छ । परीक्षा आइतबारदेखि सुरु हुँदैछ । पहिलो दिन अनिवार्य नेपाली विषयको परीक्षा छ । शान्तामा पढाइ मोह उपद्रो छ ।  फेल भइने होकी भन्ने डर पनि उस्तै छ ।

कक्षा ८ को वाषिर्क परीक्षा तयारी गरिरहेको शान्ता चौधरीमा अनपढ हुँदा पहिलो संविधानसभामा बेहोर्नुपरेको अवहेलना र समस्याले पढ्ने इख जागेको बताइन् । उनी एमालेबाट समानुपातिक कोटामा सभासद चुनिएकी थिइन् ।

चौधरी अहिले ३५ वर्षकी भइन् । ८ बर्षको उमेर देखि कम्लरी बसेकी उनलाई साहुले कहिल्यै पढाउनुपर्छ भन्ने सदासयता देखाएनन् ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण