गृहपृष्ठ » अन्तर्वार्ता, बिचार/ब्लग, मनोरञ्जन, मुख्य समाचारभुकम्प आयो, खाट हल्लायो, मन डरायो, चप्पल छोपेर दौडिने गरायो ।।

भुकम्प आयो, खाट हल्लायो, मन डरायो, चप्पल छोपेर दौडिने गरायो ।।

August 9, 2015१००१ पटक

अनिश गैरे, वामी टक्सार, गुल्मी ।।

नितान्त आफ्नो अनुभब ।।

१२ गते शनिबारको दिन, दिउसोको टन्टलापुर घाम तर त्यो दिन भने मन्द पानी परेको थियो । कता जानु र ? कोठामै बसिरहेको अबस्था । ठ्याक्कै ११ बजेर ४५ मिनेट जाँदा, “ह्या कति पढ्नु एकछिन आराम गर्छु बोर लाग्यो यार प्रकाश” मेरो मुख बाट यही वाक्य निस्क्यो । त्यो बखतमा साथी प्रकाश घिमिरेले आफ्नो बिषयको लागी तयारी गरिरहेका थिए । म पनि आराम गर्न शुरु गरे, प्रकाश खाटमा थिए म सोफामा । जब म पल्टिन लागेको थिए, आएछ भुकम्प । लाग्यो कस्ले हल्लाउदै छ सोफालाई । यताउती हेरे साथी प्रकाशले भुकम्प आएको थाहा पाउन बाँकी थियो । अनि चिच्याए “आयो भुकम्प” भुकम्पका कारण बन्द गरिएको ढोका पनि खुलेको रहेछ । अनि म भन्दा अगाडी नै उनी बाहिरीसकेछन म भने चप्पल लगाउन खोज्दै तर लगाउनै नसक्ने । उताउती हेर्दा घर भत्केर आउला जस्तो । अनि हातमा चप्पल छोपेर दौडिन थाले माथीबाट ठुलो आबाज आयो, रहेछ बिभिन्न सामग्रीहरुको । अनि सोचे मर्ने दिन आएछ क्यारे । माथी पटिट् भएको बाँसको छानो उफ्रिरहेको थियो, जब म तल झरेर चप्पल लगाउन खोज्दा खेरी । त्यो बेलामा कसैको पनि याद आउने रहेनछ, कसैको पनि वास्ता हुँदो रहेनछ । अनि हतार हतारमा बाहिर निस्किए मानिसहरु आयो आयो भन्दै कराईरहेका थिए कोही कुँदिरहेका देखिन्थे ।
म पनि आत्तिदै महेन्द्र आदर्श उमाबिको प्राङगणमा जानुपर्छ भन्दै भागीरहेको थिए । तर गेट बन्द थियो । गेट नजिकै भएको एउटा घर हल्लिरहेको देखे , पहिलो पटक घर हल्लेको देखे किनकी मैले घरहरुमा ध्याननै दिएको थिएन । भुकम्पको समयावधि झण्डै ३ मिनेटको थियो । त्यो बेलामा हामी सोही बिद्यालयको गेट बाहिर नै बसिरहेका थियौ । कति मानिसहरु आफ्नो काम धन्दामा थिए होलान, कोही आफ्नै धुनमा मस्त थिए होलान । त्यो बेलामा म पनि आफ्ने तालमा मस्त थिए । लाग्यो आफु त बाँचियो तर घरको अबस्था कस्तो थियो केही पत्तो थिएन । त्यो बेलामा साथमा केही पनि थिएन मात्र शरिरमा एउटा गन्जी र हाफ पाईन्ट मात्र लगाएको थिए, प्रकाशको पनि उही हो हालत । अनि घर फोन गर्नुपर्छ सोँचे अनि दगुर्दै आए आफु बसेको घरको बाहिर, मानिसहरुले मलाई भित्र जान नदिन खोज्दै थिए, तर उनीहरुको कुरालाई लत्याउँदै म भित्र छिरे मोबाईल ल्याउन अनि मोबाईल सँगै शरिरमा आबश्यक कपडाहरु लगाए । साथमा प्रकाश पनि थिए ।
अनि बाहिर निस्क्यौ । सबैभन्दा पहिला त घरमा फोन गनूृपर्यो मोबाईलमा त्यती धेरै चाजै पनि थिएन । अनि बल्ल तल्ल डाएल गर्छु त्यो पनि फोन लाग्र्दै लाग्दैन खाली नेटवर्क ब्यस्त मात्र भन्छ । त्यसैत टेन्सन लागीरहेको छ घरसंग बेखबर हुँदा अझ फोन लाग्दैन । रिस उठ्यो यो ठाँडो फोन लाग्दै लाग्दैन । साथीहरुको मोबाईलमा घरैबाट फोन आयो तर मेरो घरमा फोन नै लाग्दैन लागीहालेमा रिसिभ नै हुन्न आफ्नो परिवार संग पनि रिस उठ्यो । तर त्यो दिन साँझ सम्म म घरको बेखबर भएको थिए ।
अनि त्यही बेलामा म अचम्ममा परे किनकी हामी बस्ने घरमा बैँक रहेको छ र त्याहा सुरक्षाको लागी बस्ने २ जना अंकलहरु सुतिरहनुभएको थियो रे । उहाँ भन्दै हुनुहुन्थ्यो भुकम्पको “भ” पनि थाहा पाएनौ । हास्यौ एकछिन रमाईलो पनि भयो । अनि लाग्यो धेरै मानिसहरु रेडियो बाट भुकम्पको बारेमा सुन्न खोजीरहेका होलान तर बिद्युत थिएन । त्यो बखतमा पनि रिस उठ्यो वामीको बिद्युत संग । अनि हिड्यौ हामी वरपर कता कता के क्षती पुग्यो त < हामी सोचीरहेका थियौ कि यो भुकम्पले धेरै क्षती पुर्यायो । तर वामीमा खासै क्षती भएको जानकारी आएन, आयो की प्रत्येक घरहरु चर्किएका छन, अनि २ दर्जन घरहरु पुर्ण रुपमा क्षती ग्रस्त छन । हाम्रो सामुदायिक रेडियो पुष्पाञ्जली रहेको भबनमा पनि क्षती पुगेको रहेछ, रेडियो रहेको भबन बाट केही तल पट्टि रहेको रण बहादुुर कुमालको घर पुर्ण रुपमा क्षती ग्रस्त रहेछ, तर मानवीय क्षती थिएन । मेरो घरमा पनि क्ष्ँती थियो , अनि हामी नबस्ने तर मर्मत गरी छोडीएको घरमा कुनै पनि क्षती थिएन, चर्केको पनि थिएन, जसले १९९० सालको भुकम्प समेत सामना गरेको थियो । अनि हाम्रा सहकर्मीहरुसंग सम्पर्कमा रहन मन लाग्यो तर फोन लागेको थिएन । साँझमा मात्र साथी गरिमा संग मात्र सम्पर्क भएको थियो । घरमा मैले निरन्तर रुपमा फोन गर्न कोशिस गरिरहेको थिएँ । मेरो मोबाईल बाट मेरो दिदि कमला संग मात्र सम्पर्क भएको थियो । अनि धन्न फेसबुक खुल्यो अनि हेर्दा खेरी Are You Okey भन्दै  फेसबुकले सोध्दै थियो मैले ठिक छ भन्दिएँ । अनि स्टाटस लेखे वामीमा केही घरहरुमा क्षती, झण्डै सम्पुर्ण घरहरुमा आशिंक क्षती म ठिक छु अनि तपाईहरु नि ? साथै कसैसंग पनि सम्पर्क भएको छैन हामी वामेलीहरु ठिक छौ मैले यही लेखे । केही समयमा फेरी पनि आयो अर्काे भुईचालो म त दौडिदै नजिकै रहेको खाली ठाँउमा पुगे त्यो बेलामा एक जना दाईले बारी जोत्न लाग्दै हुनुहुन्थ्यो , उहाँँलाई वास्ता नै थिएन के भुकम्प ह्या खुरुखुरु जोतेपछि बेलुकी एक पटक टुच्च लाउन पाईन्छ भन्दै उहाँ काममा ब्यस्त हुनुहुन्थ्यो तर हामी भने डराएर सुरक्षित स्थान खोजी गर्दै थियाँै । अन्य समयमा सधै बिभिन्न अनलाई वेभसाईटहरु हेरीरहेने मँ, त्यो बखतमा नेटले केही मात्रामा काम गरेपनि हेरेको थिएन किन होला ? मलाई नै चकित परे, लाग्यो डरले होला ।
नेटवर्कको समस्याका कारण कतै पनि सम्र्पक भएको थिएन । अनि खबर सुनियो काठमाण्डौमा रहेको भिमसेन थापाले निर्माण गरेको धरहरा ढल्यो रे ! अनि सोच्यौँ कति मानिसहरुले आफ्नो ज्यान गुमाउनु पर्याे होला । अनि यो पनि सुनियो धेरै मानबीय क्षती भयो रे । मानिसहरु अतालीरहेका थिए, म पनि उत्तीकै मात्रामा । अनि मोबाईलमा चार्ज पनि सकियो आफ्नो घरमा सम्पर्कमा रहन खोज्दा दिनभरी नै हामी गाडि लिएर वामीका बिभिन्न क्षेत्रमा डुल्यौ क्षतीको बिबरण संकलन गर्न । साथीहरु आफ्नो क्षेत्रको बारेमा जानकारी गराईरहेका थिएँ मसंग सम्पर्क गर्दै तर मेरो मोबाईलबाट कतै पनि सम्पर्क भएको थिएन । साँझको समयमा बिद्युत आयो अनि मोबाईलमा चार्ज लगाएँ । साँझ पर्यो डराएरै भएपनी खाना पकाएर खाईयो । लागीरहेको थियो कि जति खेर पनि पृथ्वी हल्लिए जस्तो । अनि साँचे पृथ्वी गोलो छ भन्छन अनि नेपाल मात्र किन हल्लेको ? हाहाहाहा ।
अनि सम्पुर्ण साथीहरु मिलेर महेन्द्र आदर्श उमाबि वामी बजारको प्राङ्गणमा गएर बास बस्ने भन्दै थिए हुन्छ भन्दै हामी २ पनि हामी संग भएका लत्ताकपडा बोकी पुग्यौँ प्राङ्गणमा ।
कसरी सञ्चालन गरियो त रेडियोलााई ?
अनि साँझमा बिद्युत आयो तर वामीमा सधै ईन्टरनेटको समस्या कतै पनि ईन्टरनेट चलेको थिएन, त्यसैले यस्तो बेलामा किन गित मात्र बजाउने भनेर रेडियो पनि खोल्न मन लागेन । राष्ट्रिय स्तरको समाचार बजाऔ भनेको हाम्रो नेपालबाणी रेडियो नेटवर्कको भवनमा पनि क्षती पुगेको हुनाले सेटलाईटबाट पनि समाचार सम्प्रेषण गर्न सकेनौ । लगभग १० दिन सम्म अन्य नेट जोडेका साथीहरु संग गएर रेडियोबाट समाचार सम्प्रेषण गरेँ ।
अर्काे दिन बिहानै उठेपछि मेरो काम भयो खाना तयार गर्ने । भुकम्प गएपछिका कैयौ दिनहरु खाने र बस्नेमा मात्र सिमित रहे । पढ्को लागी पनि भुकम्प आएको थियो, मैले अन्य साथीहरु संग भन्थे कि मेरो त दिमाग पनि हल्लेको छ त्यसैले सम्पुर्ण कुरा बिर्सेको छु, फेरी राष्ट्र जस्तै पुननिर्माण गर्नुपर्नेछ, बैशाख २० गतेबाट परिक्षा सञ्चालन हुने भनिएको थियो कक्षा १२ को । तर स्थगीत भयो भन्ने जानकारी प्राप्त भयो । अझ बढि टेन्सन पर्याे ।
बिस्तारै दिनहरु सामान्य बन्दै गईरहेका थिए, तर के गर्नु प्राकृतिक बिपत्ती नै हो कस्ले पो जित्न सक्छ र ? फेरी आयो भुकम्प ६.८ रेक्टर स्केलको बैशाख २९ गते । अचम्मको कुरा बैशाख १२ गते जस्तै म पनि सोही कार्यमा ब्यस्त थिए, सोही सोफामा, सोही तरिकाले अनि भाग्न थाले पहिले जस्तै चप्पल बोकेर । त्यो पनि एक रमाईलो पल थियो । तर प्रकाश भने सुतिईरहेका थिए भुकम्प आएको होईन कि मैले उनीलाई उल्लु बनाएको हो । उनले यही सोचे । तर सत्यता अर्कै थियो । तर केही समय पछि थाहा पाएपछि बल्ल जाँदै गरेको देखे भुकम्प बाट टाढा भन्दा पनि धेरै टाढा । उनि किन त्यसो गरे त ? किनकी उनी तर्सिरहन्थे त्यसैले सधै मैले जिस्काईरहन्थे । त्यसैले होला उनले नपत्याएको । त्यो समयमा पनि धेरै डर भयो मनमा फेरी कति क्षती पुर्यायो होला भुकम्पले भनेर, साँचे कति बिद्यालयहरुमा क्षती पुर्याले मंगलबारको दिन थियो । त्यसैले बिद्यार्थीहरु बिद्यालयमा अध्ययनमा गएका थिए होला अनि के के साँचे सोँचे त्यो बेलामा बिभिन्न अनलाईनहरुबाट समाचारहरु हेँरे तर खासै क्षतीको बिबरण आएन केही मात्रामा मन ढुक्क भयो । वामीमा नेटको समस्या त थियो नै त्यसैले पुरानै तरिकाले समाचार सम्प्रेषण गरे रेडियोबाट । झण्डै डेढ सय मानिसहरु २९ गतेको ६.९ रेक्टर स्केलको भुकम्पको शिकार बन्नु पर्याे, दुखको कुरा । बिस्तारै दिनहरु सामान्य तर्फ निर्देशित हुँदै जान थाले । धेरै पराकम्पन हरु महशुश भईरहेका थिए , झण्डै २ सय वटा थिए ४ रेक्टर भन्दा माथिका । मानिसहरुमा त्रास मात्र बाँकी थियो कति मानिसहरु घरबार बिहिन भए । झण्डै ९ हजार मानिसहरुले आफ्नो ज्यान गुमाउनु पर्याे, २२ हजार मानिसहरु घाईते । झण्डै ५ लाख घरहरु क्षती भएका छन । सबै भन्दा धेरै सिन्धुपाल्चोकमा मानबिय, भौतीक लगायत सम्पुर्ण तवरबाट क्षती पुगेको थियो । १७ जिल्लाहरुमा क्षती थियो । बिनाशकारी महाभुकम्पको कारणले दुई आर्थिक बर्षको बजेट बराबर झण्डै १२ खर्बको भागीदार हुन सकेन हाम्रो देश । सोच्थे हाम्रो देश १८ औ शताब्दिको अबस्थामा पुग्यो । रुन मन लाग्यो रोएर के गर्ने , सम्पुर्ण क्षतीको सामना गनुपर्ने थियो । देशको पुननिर्माण गर्नुपर्ने थियो । देश राजनीतीक अस्थिरता बाट गुज्रिरहेका बेलामा यो प्राकृतिक बिपत्तीले देशलाई छियाछिया बनाएको थियो, अनि सारा नेपालीको मन पनि अन्य भोतीक, पुरातात्विक तथा सम्पुर्ण पर्यटकीय लगायतका सम्पदाहरु पनि । सहयोग भन्ने कुरा नै थाहा नभएका मानिसहरुमा सहयोग भन्ने भावनाको बिकास भयो, आपसी सदभाब, मित्रताको माहोल निर्माण भयो । यही भनेर नै चित्त बुझाऔँ । हामी नेपालीलाई प्राकृतिक बिपत्ती मात्र लागीरहेको छ । के गर्ने पहिला नै यो बिपत्ती प्रति सजक हुन सकेको भएमा यती क्षती भोग्नुपर्ने थिएन होला । सरकार संग नै यदि यो प्राकृतिक बिपत्ती आएमा के गर्ने ?  भनेर कुनै समाधानको लागी पुर्ब निर्धारीत योजना थिएन बिडम्बनाको कुरा हुनत देशमा सबिंधान निर्माणको कुरा चलिरहेको थियो, त्यसपछि पक्कै पनि यस्ता योजनाहरु प्नि आउँथे होलान । हामी नेपाली जनता यही आसमा बस्न मात्र सक्छौ । हाम्रो दुखेको घाउमा मलम लगाउने कार्य गरे बिदेशी दातृ निकायहरुले, देशहरुले, बिभिन्न संघ संस्थाहरुले । उनीहरुमा सहयोगको भावना जागृत भयो भनौ कि आफ्नो धर्म प्रचारको । हुनत मैले यहाँ कुनै देश वा संघसंस्थालाई आक्षेप लगाएको होईन तर यहाँ यस्तै भएको थियो । राहातको नाममा “बाईबल” जस्ता धर्म प्रचारका पुस्तकहरु पनि हाम्रो देशमा आए भन्ने खबर सुनियो । अनि पुराना थोत्रा कपडाहरु, कुहिएका सडेगलेका सामग्रीहरु पनि हाम्रो देशमा भित्रिए, बिदेशीहरुको फोहोर फाल्ने क्षेत्र जस्तो गरी, कस्तो निर्मम कार्य हो यो ? के हाम्रो देश बिदेशीहरुको फोहोर फाल्ने क्षेत्र हो ? यस्ता कार्यहरुमा पनि अगाडी सरेका थिए बिदेशीहरु ।
प्रकोप भएको एक महिना पुरा हुन लागेको बेलामा जेष्ठ ९ गते फेरी म्याग्दि को काफलडाँडाबाट पहाड सहित निरन्तर पहिरो खसी कालीगण्डकी नदी थुन्यो बैसरी भन्ने स्थानमा। फेरी मर्माहत तुल्यायो, यो घटनाले । सोचे हामी नेपालीहरु अभागी रहेछौ । अनि दैब पनि हामी माथीनै । किन यस्तो भईरहेको होला ? कुनै जवाफ नै थिएन ।
है भगवान यदि तिमी यो संसारमा छौ भने हामी नेपालीहरुलाई आफ्नो काम गर्न देउ, बिकास निर्माण गर्न देउ, हामीमाथी मात्रै नखन्निनु, होईन भने तिमी भएको निरर्थक हुनेछ ।
शनिबार राती २ बजेबाट थुन्निएको कालीगण्डकी नदि १६ घण्टा पछि बेलुकी ५ बजेदेखी पहिरोबाट ओभरफ्लो भएर बग्न थाल्यो । त्यो बेलामा २ किलोमिटर लामो तथा एक सय मिटर गहिराईको ताल बन्यो । त्यो ताल फुटेमा धेरै मानबिय क्षती हुन सक्थ्यो । हुनत २६ घरहरु पुरिएका थिए । त्यसैमा पनि धेरै क्षती हुन सक्ने आशकां थियो । तर बिस्तारै कालीगण्डकी बग्न थाल्यो अनि पानीको बाहाब कम हुँदै गयो । ठुलो खतरा टर्याे ।
केही समय अगाडी सम्म प्रकृति हाम्रो मित्र थियो, हाम्रो देशको बिकासको खम्बा अथवा सबै थियो । तर अहिले हामीलाई शत्रु जस्तै ब्यबहार गर्यो । यो ब्यबहारलाई बिस्तारै सामना गर्दै अगाडी बढिरहेको अबस्था हो यो । र अन्त्यमा मैले यो आफ्नो अनुभब लेखेको हँु । अन्यथा नसोच्नु होला । जिन्दगी जिउनु भन्दा गाह्रो हुँदो रहेछ जिन्दगीको अर्थ बुझ्न बल्ल बुझ्दै छौ हामीहरु जिन्दगीको अर्थ एक दुखको भण्डार भनेर । अन्त्यमा अब यो बिपत्ती सधैको लागी अन्त्य होस, छिटो भन्दा छिटो देशको पुननिर्माण होस, नेपालीको बिग्रेका, ढलेको घरहरु, हाम्रो धरहरा पुननिर्माण होस । देशमा शान्ति छाओस, मानिसहरुमा भुकम्प भन्ने शब्द मनमा नहोस तर डरको रुपमा मात्रै यदि भुकम्प भन्ने शब्द नै बिर्सियो भने फेरी यस्तै बिपत्ती आउँदा यही क्षती पुग्ने छ । बिक्रम सम्बत १९९० माघ २ गतेको ८.४ को बिनाशकारी महाभुकम्पबाट ८ हजार मानिसहरुले ज्यान गुमाएका थिए , धेरै भोतीक संरचनाहर खण्डहर बनेका थिए । प्रधानमन्त्री जुद्ध शमशेरले एक एक सय रुपैया पिडीत जनताको हातमा पुर्याएका थिए । राहात कतै बाट पनि आएको थिएन बिस्तारै देश पुननिर्माण हुँदै यहाँ सम्म आएको थियो । मानिसहरुमा भुकम्पबाट प्रतिरोधी भोतीक संरचना बनाउने प्रेरणा मिल्यो अहिलेको बिपत्तीबाट, देशमा पुर्ब योजना खडा गर्ने अबसर पनि । सबैमा चेतना आपसी सहयोगको । त्यस्तै तवरबाट देशको पुननिर्माण होस, पिडीतले चाँडै राहात पाउन सकुन, यही छ मेरो प्रार्थना । देशमा छिट्टै सबिंधान बनोस पुननिर्माण सँगै । राजनीतीक दलमा बुद्धि छाओस यहि छ मेरो कामना । धन्यबाद, जय देश !

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण