प्रचण्डलाई मार्ने षडयन्त्र : नेता अधिकारी
प्रेम सुनार
गुल्मी, चैत्र–७ । नेपालमा राष्ट्रवादी र जनवादी नेताहरु बिदेशी शक्तीहरुले देख्न नचाहेको भन्दै एकिकृत नेकपा माआवादीका विद्यार्थी नेताहरुले नेकपा एमालेका नेता स्वर्गिय मदन भण्डारीलाई जस्तै एमाओवादी अध्यक्ष प्रचडलाई पनि मार्ने षडयन्त्रका साथ विदेशी शक्तीहरुले ताक्न थालेको बताएका छन् ।
‘जंगबहादुर कसै संग झुकेनन् , मदन भण्डारी पनि झुकेनन् अहिले प्रचण्ड पनि विदेशी शक्तीहरु संग नझुकेर संविधान जारी गरेरै छाडे,–अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष रामचन्द्र अधिकारीले सो संगठनको १७ औ गुल्मी जिल्ला सम्मलेनलाई सम्वोधन गर्दै भने–‘ अव मदन भण्डारीलाई जस्तै प्रचण्डलाई ताक्दै छन् विदेशी शक्तीहरुले । ’
उनले सो पार्टीका पुर्व उपाध्यक्ष वावुराम भट्टराईलाई नेपालको कम्युनिष्ट आन्दोनलका एक नम्वर गद्धार व्यक्तीको संज्ञा दिए । ‘वावुराम भट्टराईलाई एउटा विध्वान नेता मानिन्थ्यो तर उनि विध्वान होईनन् विवेकहिन रहेछन् जसले राष्ट्र संकटमा परेको वेला विदेशीको पुच्छार बने ’–उनले भने–‘ वावुराम दशवर्षे जनयुद्धका शहिद ,घाईते अपाङ्ग र नेपालको कम्युनिष्ट आन्दोलनकै एउटा गद्धार व्यक्ति हुन् । ’
एमाओवादी अध्यक्ष प्रचण्डले हिम्मत नगरेको भए अहिलेको संविधान जारी हुन नसक्ने भन्दै विद्यार्थी नेता अधिकारीले त्यसको रिसमा प्रचण्डलाई विदेशी शक्ती केन्द्रहरुले मदन भण्डारीलाई जस्तै सिध्याउने योजनामा लागेको आरोप लगाए ।
‘ यो देशमा विदेशी शक्तीहरुले न मदन भण्डारी जस्तो राष्ट्रवादी र जनवादी नेता देख्न सह्यो न त प्रचण्ड नै’– उनले विद्यार्थीहरुलाई सचेत गराउँदै भने –‘अव तपाईहरुले आफै राष्ट्रियताको जड बुझेर राजनीति गर्नुहोस् । ’उनले क्रान्तिकारी विद्यार्थीहरु अव राष्ट्रियता र जन जिविकाको सवालमा राजनीति गर्न सुझाव दिए ।
कार्यक्रमका विशेष अतिथी एमाओवादी जिल्ला पार्टी सचिव युवराज केसीले हिजोका भुरे टाकुरे व्यक्तीहरु रहेका अन्य राजनैतिक दलमा लागेर श्रमजिवी जनताहरु आफैले आफैलाई नठग्न अग्राह गरे ।
त्यस्तै अनेरास्ववियु क्रान्तिकारीका ५ नम्वर प्रादेशिक कमिटी संयोजक ध्रुर्वविक्रम ओलीले जनताका छोरा छोरीले कक्षा १२ सम्म निशुल्क शिक्षा हाँशिल गर्न नपाए अदालतमा मुद्धा हाल्ने चेतावानी दिए । कार्यक्रममा क्रान्तिकारीका ३ नम्वर प्रदेश कमिटी सह ईन्चार्ज गणेश प्रसाद मैनालीले मदन भण्डारीको दासढुङ्गा हत्या काण्डा एमालले विर्सेको आरोप लगाउँदै माओवादीले खोतल्नु पर्नेमा जोड दिए ।
‘ अहिले उहाँकी धर्मपत्नी विद्या भण्डारी राष्ट्रपति बन्नु भएको छ तर त्यतिले मात्रै मदन भण्डारीको सपना पुरा हुन सक्दैन’– उनले भने –‘अव मदन भण्डारी र प्रचण्डको सपना पुरा गर्न क्रान्तिकारी विद्यार्थीहरु जुट्नु पर्दछ । ’
कार्यक्रममा सो संगठनका केन्द्रिय सचिवालय सदस्य यदु ज्ञवाली, प्रकाश घिमिरे, एमाओवादी जिल्ला कोषाध्यक्ष ज्ञानकुमार बुढा, शैक्षिक गणतान्त्रिक मञ्चका जिल्ला संयोजक खुमबहादुर थापा , अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष डोलराज खनान, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय आयोजक समिति सदस्य प्रेम सुनार, नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चाका संयोजक धर्म बिश्वकर्मा लगायतले मन्तव्य राखेका थिए ।
सम्मेलन अहिले तम्घासको वालमन्दिर सभाहलमा चलिरहेको छ । उद्घाटन सत्र पछि वन्द सत्र सुरु भएको र बन्द सत्रले नयाँ कार्य समिति चयन गर्ने केन्द्रिय सचिवालय सदस्य यदु ज्ञवालीले जानकारी दिए ।