गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, शिक्षा, स्वास्थ्यचितवन मेडिकल कलेजले सम्झौता कार्यान्वयन नगरेपछि स्थानीय र अस्पताल प्रशासनबीच खटपट

चितवन मेडिकल कलेजले सम्झौता कार्यान्वयन नगरेपछि स्थानीय र अस्पताल प्रशासनबीच खटपट

March 20, 2016१७८ पटक

शिव शर्मा
भरतपुर चैत्र ७ गते । छिमेकी टोलका स्थानीय र चितवन मेडिकल कलेज भरतपुरबीच सम्बन्ध चिसिएको छ । स्थापनाको १० वर्ष पुगेको अस्पताल र स्थानीयबासीबीच पुनः द्वन्द्व सुरु भएको हो । स्थानीयले रोजगारी दिनुपर्ने भन्दै अस्पताल प्रशासनलाई समेत दबाब दिने गरेका छन् । अस्पतालमा विभिन्न तहका करिब ६० जना कर्मचारी स्थानीय टोलबासी नै छन् ।

छिमेकी टोल विकास संस्था र अस्पतालबीच २०६९ मंसिर ३० गते अस्पतालसँग भएको १४ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै अस्पतालको कमजोरी उजागर गर्न एकजुट भएका छन् । सहमति गरिएको सम्झौताको बुँदा नम्बर ५ मा योग्यता र अनुभवको आधारमा अति प्रभावित र प्रभावित स्थानीय टोलबासीलाई प्राथमिकता दिइने छ भनी उल्लेख गरिएको छ । यही सम्झौताका आधारमा स्थानीयले बेलाबखत कर्मचारी राख्न अस्पताललाई दबाव दिने गरेको स्रोत बताउँछ । अस्पतालले दिने सेवा सुविधामा स्थानीयलाई सक्दो क्षमता भएसम्म छुट दिने, टोलबासीलाई पानीको व्यवस्था गरिदिने, टोलबासीका छोराछोरीलाई अध्ययन गर्दा नेपाल सरकारले स्वीकृत दिएअनुसारको वार्षिक रुपमा शुल्क लिइनेसम्मका सम्झौता भएका छन् ।

पछिल्ला वर्षहरुमा अस्पतालले सम्झौता कार्यान्वयन नगरेपछि स्थानीय आन्दोलित बन्न थालेका हुन् । शान्तिपथ टोल विकास संस्था, इन्द्रेणी टोल विकास संस्था, दोभान टोल विकास संस्थाका अध्यक्षहरु मिलेर चरणबद्ध आन्दोलनमा होमिएका छन् । दोकान टोलमा करिब एक सय, इन्द्रेणी टोलमा ५४, शान्तिपथमा ५२ घरधुरी रहेका छन् । दोकान टोलका अध्यक्ष रमादेवी सापकोटा, इन्द्रेणी टोलका अध्यक्ष कुमार कार्की, शान्तिपथ टोलका अध्यक्ष गणेशबहादुर गुरुङले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यलाई प्रतिकूल असर पार्ने क्रियाकलापहरु अस्पतालले सञ्चालन गरेको आरोप लगाएका छन् ।

अस्पतालजन्य फाहेरहरुको विसर्जन विशिष्ट प्रक्रियाद्वारा जल्ने फोहरहरु विसर्जन गर्न एन्सिनेरेटर प्लाण्टद्वारा र तरल फोहर ट्रिटमेण्ट प्लाण्टद्वारा निर्मलीकरण गरेरमात्र सार्वजनिक ढल प्रणालीमा विसर्जन गर्नुपर्नेमा सिधै ढल प्रणालीमा मिसाइएको आरोप लगाइएको छ । कर्मचारीको आन्दोलन सेलाउन नपाउँदै स्थानीयको आन्दोलनले अस्पताल झनै समस्यामा परेको छ । शान्तिपथ टोल विकास संस्थाका अध्यक्ष गणेशबहादुर गुरुङले निर्मलीकरण नगरी सोझै सार्वजनिक ढल प्रणालीमा ढल मिसाएको आरोप लगाए । “निर्मलीकरण गरी अस्पतालजन्य फोहर सोझै ढलमा मिसाउँदा सरुवा रोगको प्रकोप बढ्न सक्छ”, उनले भने, “योबारे स्थानीय  प्रशासनलाई जानकारी गराउँदा समेत मौन छ ।”

करिब ३ वर्ष पहिले अस्पताल नजिकै ढल बनाउँदा अस्पतालले सोझै ढल बनाउने रणनीतिसहित केही आर्थिक सहयोग समेत गरेको थियो । सम्झौताको बु“दा नम्बर १२ मा ढलको विषयमा दुवैपक्ष बसी छलफल गरी निकासा निकाल्ने उल्लेख छ । अस्पतालले दक्षिण पूर्वतर्फ कन्या क्याम्पस अघि र दक्षिण पश्चिमतर्फ चितवन उमाविका व्यवसायिक सटहररुतर्फ सोझौ सार्वजनिक ढलमा मिसाएको आरोप स्थानीयको छ । स्थानीय होम भण्डारी अस्पतालले राखेको अक्सिजन प्लाण्ट एवं उच्च भोल्टेजको ट्रान्सफर्मर स्थानान्तरण नहुँदा स्थानीय मारमा परेको बताउँछन् । “बस्ती नजिकै ट्रान्सर्फमर राखिएका छन्”, उनले भने, “अस्पतालाई स्थानान्तरण चाँडो गर भन्दा समेत बेवास्ता हुँदै आइरहेको छ ।”
टोलबासीले भरतपुर उपमहानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालयको ध्यानाकर्षण गराइएको जीकिर गरेका छन् ।

अस्पतालको मनोमानी नरोकिदा स्थानीयलाई समस्या परेको उनीहरुको दावी छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मुधुसुदन कोइरालाले चितवन मेडिकल कलेजले अस्पतालजन्य फोहोर सोझै ढलमा मिसाइएकोबारे कार्यालयमा जानकारी नआएको बताए । “अस्पतालजन्य फोहोर यसरी मिसाउन पाइदैन”, उनले भने, “त्यस्तो जानकारी मिलेको छैन, तर दोषी पाइए कारबाही हुन्छ ।” भरतपुर उपमहानगरपालिका पनि अनविज्ञ रहेको बताउँछ । अस्पतालले स्थानीय प्रशासनकै तालमेलमा जनस्वास्थ्यलाई बेवास्ता गर्दै अघि बढेको आरोप लगाउँदै आएका छन् ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत महेश बरालले अस्पतालले
सार्वजनिक ढलमा सोझै ढल मिसाएको भन्नेबारे जानकारी नआएको बताए । “जनस्वास्थ्यमा खेलवाड गर्न पाइदैन”, उनले भने, “घटनाबारे छानविन गर्नेछौं, दोषी पाइए कारबाहीका लागि सिफारिस गर्नेछौ ।” चितवन डिकल कलेजका निर्देशक डा. दयराम लम्सालले घटनाबारे अध्ययन गरेरमात्र प्रतिक्रिया दिने बताए । अस्पतालका ईन्जिनियर अच्यूत कोइराला अस्पतालजन्य फोहोर सोझै ढलमा नमिसाइएको जिकिर गर्छन् । “वर्सेनि ट्याङकरमार्फत संकलन भएको ढल सफाइ गर्ने गरेका छौं”, उनले भने, “ड्रेनबाट सेफ्टी टयाङ्की हुँदै सकपिटमा पु¥याएर अस्पताजन्य ढल जम्मा हुँदै आइरहेको छ ।”

१ सय ५० जनाको फोहोर संकलन गर्न 11224682_1696741893904286_5205940047212179903_nसक्ने क्षमताका सेफ्टी ट्याङकी रहेको जिकिर गरे । अस्पतालका प्रबन्ध निर्देशक प्राध्यापक डा. हरिश्चन्द्रन्यौपानेले टोलबासीले अनावश्यक आरोप लगाएको जिकिर गरे । “सोझै सार्वजनिक ढलमा मिसाइएको छैन”, उनले भने, “जनस्वास्थ्यप्रति हामी बफादार छौं ।”

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण