गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, राजनीति, समचार, स्वास्थ्यगुल्मीको क्रान्तिकारी विद्यार्थी अध्यक्षमा खरेल

गुल्मीको क्रान्तिकारी विद्यार्थी अध्यक्षमा खरेल

March 20, 2016२५१ पटक

प्रेम सुनार
गुल्मी चैत्र–७ । अनेरास्ववियु (क्रान्तिकारी ) गुल्मीको १७ औं जिल्ला सम्मेलनले घनाश्याम खरेललाई अध्यक्षमा चयन गरेको छ ।

शनिबारदेखि सदरमुकाम तम्घासमा सुरु भएको सम्मेलनले खरेलको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको सो संगठनले आज जानकारी दिएको छ । जिल्ला कार्य समितिको उपाध्यक्षमा भरत चन्द, सचिवमा गणेश पौड्याल, सह सचिवमा करिश्मा मगर र कोषाध्यक्षमा राजन केसी चयन भएका छन् ।kharel
त्यस्तै सदस्यहरुमा केशव पन्थी रामहरी ज्ञवाली, सुदर्शन ज्ञवाली, किशान पाण्डे, हर्क बिक, रमेश पाण्डे लगायत रहेका छन् । २ सय जना प्रतिनिधी पर्यवक्षक सहभागी सम्मेलनको त्यस संगठनका केन्द्रिय उपाध्यक्ष रामचन्द्र अधिकारीले हिजो उद्घाटन गरेका थिए । नयाँ कार्य समितिको पहिलो बैठक आज सो संगठनका केन्द्रिय सचिवालय सदस्य यदु ज्ञवालीको अध्यक्षतामा बसेको जनाईएको छ ।
बैठकले जिल्लाभरका शैक्षिक संस्थाहरुमा संगठन विस्तार गर्ने लगायतका निर्णयहरु गरेको छ । नव निर्वाचित अध्यक्ष खरेलले दिएको जानकारी अनुसार अव देखि अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठनले जिल्लामा विना तालिकाको लोडसेडिङ्ग अन्त्यका लागि पहल गर्ने छ । त्यस्तै सवै विद्यार्थीहरुलाई सार्वजानिक यातयातका साधनमा ४५ प्रतिशत छुटका लागि दवावमुलक आन्दोलन गर्ने र विद्यालययको शैक्षिक गुणस्तरका लागि पनि पहल गर्ने जनाईएको छ ।
वन्द सत्रमा एकिकृत नेकपा माओवादीका जिल्ला सचिव युवराज केसी, कोषाध्यक्ष ज्ञानकुमार बुढा लगायतको आतिथ्यता रहेको थियो । उद्घाटन सत्रमा सो संगठनका केन्द्रिय सदस्यहरु क्रमशः धुव्र्र विक्रम ओली, जेपी मैनाली, प्रकाश घिमिरे लगायतले सम्वोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण