गृहपृष्ठ » मुख्य समाचार, राजनीति, शिक्षा, स्वास्थ्यनेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसको बैठक सम्पन्न

नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसको बैठक सम्पन्न

March 20, 2016३२२ पटक

अनिश शर्मा गैरे
गुल्मी, चैत्र ७ गते । नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसको नियमित बैठक सम्पन्न भएको छ । बेठकले आउँदै गरेको नया बर्ष लाई भब्य रुपमा स्वागत गर्ने निर्णय गरेको छ । साथै बैठकले दिबा समहुका बिद्यार्थीहरुको दिवा समुह गठन गर्ने, मुल इकाई समितिको परिचय पत्र बनाउने लगायतका पनि निर्णयहरु गरेको छ । उक्त बैठकले मुल ईकाई समितिको सदस्यमा निरु केसी र डिलाराम घिमिरेलाई चयन गनर्दै, समितिको साँस्कृतिक समितिको पनि गठन गरिएको छ । चार जना सदस्यको रहेको समितिको संयोजकमा सागर पोखरेल रहनुभएको छ भने सदस्यहरुमा मिना नगरकोटी, बन्दना केसी र कोपिला खत्री रहनुभएको छ । रेसुङ्गा बहुमुखी क्याम्पसको परिबर्तनको लागी नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले संङ्घर्ण गर्दे आइरहेको बताएको छ । मुल समितिका सभापति अर्जून पोखरेलको सभापतित्व रहकेो बैठकमा नेपाल बिद्यार्थी संघका जिल्ला सभापति सुदर्शन खनालको प्रमुृख आतिथ्यता रहेको थियो । भने जिल्ला उपसभापति झबिन्द्र पाण्डे, सदस्यहरु राम प्रसाद पन्थी, सिजन रानाको बिशेष उपस्थिती रहेको थियो भने सहसचिब बिक्रम घिमिरेको सञ्चालनमा सोही बैठक सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले नेपाली काङ्ग्रेसको भातृ संगठन बलियो भएमा मात्र सिङ्गो काङ्ग्रेस बलियो हुने भन्दै यस समितिले नमुना काम गर्नेमा आफु आशाबादी भएको बताउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण