गृहपृष्ठ » अन्तर्राष्ट्रिय, पत्रपत्रीका, बिचार/ब्लग, मुख्य समाचार, राजनीति, समचार, स्वास्थ्यबेलायती राजकुमार ह्यारी र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

बेलायती राजकुमार ह्यारी र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

March 21, 2016४०९ पटक

८ चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले आइतबार राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा २५ मिनेट भएको भेटमा ह्यारीले गोर्खा सैनिकहरुले बेलायतका लागि दिएको बलिदानको प्रशंसा गरेका थिए ।
आफूले सन् २००७ मा अफगानिस्तानमा सात साता गोर्खा सैनिकसँग रहेर तालिवानसँग लडाइँ लड्दाको अनुभव सुनाउँदै ह्यारीले राष्ट्रपतिसँग भने ‘गोर्खा सैनिक जवानदेखि तालिवानी आतंकवादीसमेत डराउथे । साँच्चै गोर्खाहरु बहादुर र सहासी छन् ।’ ह्यारीले आफू गोर्खा सैनिकका परिवार तथा आफन्तसँग भेट्न आतुर भएको पनि बताए ।
आजको अन्नपूर्णमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण