गृहपृष्ठ » अन्तर्राष्ट्रिय, अार्थिक, कृषि, मुख्य समाचारनेपाल र चीनबीच पारवहन तथा यातायात लगायतका १० बुँदे सम्झौता

नेपाल र चीनबीच पारवहन तथा यातायात लगायतका १० बुँदे सम्झौता

March 21, 2016२९७ पटक

काठमाडौं, चैत ८ । नेपाल र चीनबीच १० बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा सोमबार दुई देशबीच १० बुँदे सम्झौता भएको बेइजिङस्थित नेपाली दुतावासले जनाएको छ ।
प्रधानमन्त्री ओली र उनका चिनियाँ कमकक्षीबीचको भेटवार्तामा पारवहन तथा यातायात सम्झौतासमेत भएको हो । सम्झौतामा हुम्लाको हिल्सामा सुख्खा बन्दरगाह निर्माण गर्ने विषयसमेत रहेको छ । त्यस्तै नेपालमा ग्यास तथा इन्धन संशाधन अन्वेषणमा चीनले सघाउने विषयमा पनि समझदारी भएको छ ।
यसअघि चीनबाट इन्धन ल्याउन सम्झौता गरिने चर्चा व्यापक भए पनि सोमबारको भेटवार्तामा त्यस्तो सम्झौता भने हुन सकेन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण