गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यडिजेल अपचलन भएको आरोपमा पाँच पक्राउ

डिजेल अपचलन भएको आरोपमा पाँच पक्राउ

March 21, 2016११४ पटक

बनेपा, चैत ८ गते = डिजेल अपचलन गरेको आरोपमा प्रहरीले आज ना४ख २५५५ नंको ट्याङ्करसहित पाँचजनालाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ । भक्तपुरको महेश्वरी पेट्रोल पम्पका लागि रक्सौलबाट ल्याएको चार हजार लिटर डिजेल काभ्रेपलाञ्चोकको पनौतीस्थित पशुपति प्लाइउड फ्याक्ट्रीमा छोडेर फर्कंदै गरेको अवस्थामा सो ट्याङ्करमा रहेका तीन र दुईजनालाई बनेपाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी निरीक्षक विदुरकुमार थापाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जलबिरेका सन्तोष श्रेष्ठ, भक्तपुरको सूर्यविनायकका राजकुमार श्रेष्ठ, हेटाँैडा मनहरीका चालक सूर्य लामा, सहचालक कृष्णहरि लामा र राजकुमार कोइराला रहेका छन् । उनीहरुले डिजेल बजार मूल्यभन्दा महँगोमा सो प्लाइउड फ्याक्ट्रीमा बेचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

“डिजेल अपचलन भएको देखिएको छ, कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाइनेछ”, जिप्रका धुलिखेलका प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाले भन्नुभयो । बरामद भएको डिजेल इप्रका बनेपामा राखिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण