गृहपृष्ठ » मनोरञ्जनसर्वत्र चर्चा छ फरक शैली अनि फरक स्वरको, जनजिब्रोमा बहुप्रतिभाशाली गायक थानेश्वर गौतम

सर्वत्र चर्चा छ फरक शैली अनि फरक स्वरको, जनजिब्रोमा बहुप्रतिभाशाली गायक थानेश्वर गौतम

March 21, 2016३९७ पटक

गीत सबैले गाउछन, गीत सबैले लेख्छन, संगीत सबैले गर्छन्, तर लाखौँ करोडौँको बिचमा त्यस्ता मान्छे हरु मात्र सफल हुन सक्छन् र पर क्षितिज बाट आफै स्पष्ट देखिन्छन्, जसले जिवनको अद्भुत साधना, लगनसिलता त्याग र ईमान्दारिताका साथ कठोर परिश्रम गरेर शाश्वत सङगीत प्राप्त गरेका हुन्छन । तिनै अद्भुत साधनाले खारियका सच्चा ईमान्दार साधक नै अन्तत्वगत्व जिबन्त ठहरिन्छन् । जसका ज्वलन्त उदाहरण हुन बहुप्रतिभाशाली गायक थानेश्वर गौतम । सङगीत भित्र पनि एउटा शास्त्र हुन्छ अनि संस्कार हुन्छ, जो संस्कार भित्र बसेको हुन्छ, जसले शास्त्रको अध्ययन गरेको हुन्छ, उसले हरेक जिवात्माको भावलाई अन्तरात्मा देखि सुर ताल लय र भाबको अभिब्यक्तिबाट अभिब्यक्त गर्न सक्छ । गीत लेख्दैमा, गाउदैमा, सङ्गित गर्दैमा र रेकर्डिङ गर्दैमा बीशिष्ट कलाकारको दर्जा ओगटन तछाड मछाड गरिरहेका आजका कथित कलाकारहरूको भीड़ देखीन्छ तर कलाकारीताको दुनियामा आफ़नो बेग्लै पहिचान सहितको धारलाई समातेर एउटा निखारियाको सच्चा साधकको रुपमा स्थापित भएका छन् गायक थानेश्वर गौतम 

download (1)

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

बाल्यकाल देखी नै संगीतमा रमाऊने गौतम २०५६ साल देखीनै विधिवत रूपमा आफ़नो संगीत विषयको अध्ययन संग आफ़नो सांगीतिक प्रभाबको बेगलाई आगाड़ी बढ़ाउदै गए । संगीत विषयमा मास्टर डिग्री गरी सकेका थानेश्वर गौतम त्रिभुवन बिश्वबिध्यालयले संचालन गरेको सांगीतिक विषयको पहिलो ब्याजमा संगीत विषय लियर अध्ययन सकाउने भीत्र पर्द्छन, पारिवारिक रुपमा बुवा आमाका एक्ला छोरा गौतम काठमाण्डू छिरे देखींनै उनको एक्लो अथक प्रयासमा सांगीतिक दुनियामा सफल हुने बीरलै ब्यक्ति भीत्र पर्दछन एक्लो संघर्ष काठमाण्डूको महँगाई, बिध्यार्थी जीवन, बिभिन्न संघर्षका चरणहरू पार गर्दै निरन्तर आगाड़ी बढ़ीरहे। सानै उमेर देखी सांगीतिक क्षेत्रमा फ़रक स्वभाब र प्रतिभाका साथ हस्तक्षेप गर्ने उनको क्षेमता नै उनको सफलता हो ।

स्कूले जीवन देखींनै आफ़नो सांगीतिक प्रभाव जमाऊन सफल गायक गौतम, नेपाली सांगीतिक दुनियामा रहेका चाहे रोईला होस या सालैजो होस या नौमती बाजाको गीत या भजन होस या शास्त्रीय संगीत, ग़ज़ल अथवा राष्ट्रीय भाबका गीत किन नहुँन जनसुकै विधामा पनी भाव नमारी गाउन सक्ने अचम्म को ख़ूबी पालेका गायक गौतमले स्टेज कार्यक्रम मा पनी दर्शकहरूलाई छम छम् ती नचाऊँन र रुवाऊँन पनि त्यतिकै सिपालु मानीन्छन र गजल गायनमा सबैको रोजाईमा पर्ने गौतम आफ्नो साङगितिक सफलता देखेर हौसीयका छन र देश, बिदेशमा हुने साङगितिक कार्यक्रममा गायक गौतम अतिनै व्यस्त छन ।

 

गायक गौतमले सोधौ कसलाई भन्ने एल्बमबाट आफ़नो सांगीतिक क्षेत्रमा औपचारिक पाइला हालेका थिय यस पछी उनले लोक संगीत तर्फ लगातार ख़्याल ख़्यालैमा, कान्छि सोल्टिनि, नाकमा फुली ए मेरी ठुलि बाटोबन्द भो र छम छमति पाउज़ु हातैमा चुरा सालैजो, मार्यो नी मायाले सालैजो, घुम्टे मुनि कौलिनी साइली नौमती बाजा, चोलियाको तुना एल्बम, स्याङ्गजा गएँ पाल्पा गएँ रोईला, जस्ता सफल लोक सांगीतिक कोसेलीहरू दीयका छन भने यता आधुनिक सुगम संगीत तर्फ पनी गहीरो माया नामक एल्बम सार्वजनिक गरी जस्मा ८ वटा कर्णप्रिय गीतहरू सामाबेस गरीयको थियो । अर्कों आफुलाई जन्म दीयर यो सांगीतिक दुनियामा जान सधै हौसला र प्रेरणा दीने ममतामयी उनै महान आमाको समझनामा ू मेरी महान आमाू ननीता कार्कि को शब्द र स्वर संगीत गौतम गायक को रहेको छ, जून गीत स्वम अफ़नी ममतामयी आमाको वास्तविक घटनामा आधारित गीत थियो, र यो गीतले धेरैको आखामाँ आँशु खसायको छ । त्यसपछी भजन संग्रह कृष्ण बृन्दा बनैमा निकाले र त्यसपछि उनको गायन यात्रा ग़ज़ल गायन तीर मोडीयो,

बिर्सिएर श्रृङ्गारमा गाजल लगाईनछ्यौ ।
हत्तेरिका हतारमा गाजल लगाईनछ्यौ ।।

बोलको ग़ज़ल पुरु लम्सालको शब्दमा स्वम गौतमले नै आफ़नो आवाज़ र संगीतले सिङ्गारेका थिय र यो ग़ज़ल नै उनको सांगीतिक जीवनको नयॉ आयाम मात्र नभइ नेपाली ग़ज़ल क्षेत्रमा यौटा फ़रक शैलीका साथ दमदार र सफल प्रस्तुति भयो । त्यसपछि राजुबाबु श्रेष्ठ द्वारा रचित ग़ज़ल दुई दिनको खेल होकि साच्चैको प्यार हो यो ग़ज़ल त्यतिकै सफल बन्यो भने, कुसुम भट्टराईका शब्द संगीत रहेको गीत यहाँ यस्तै हुँन्छन प्यारी पनी उत्तिकै मन पराइयो । भने छुट्टै मज़ा छ साथी छलेर पिउन पाय भन्ने ग़ज़ल छबि चालिसे द्वरा रचित ग़ज़ल पनी उत्तिकै कर्ण प्रिय र लोक प्रिय बन्यो । ९ वटा नयॉ पुराना गीत गजल समावेश गरी वेस्ट अफ थानेश्वर गौतम एल्बम निकाले जसमा अस्ट्रेलीया निवासी किसन थापाको साथ, सहयोग अनि गीत समावेश गरियको छ । गायनको अलावा सङ्गित सिकाउन व्यस्त गौतम नयॉ प्रतिभाहरुका लागी पनी उर्जा मानिन्छन, जसको उदाहरण बनेकि छन बालगायीका साम्राज्ञी मल्ल, गौतमकै सङ्गीत र शब्द अनि डा. कृष्णहरी बरालको शब्द समेटीयको एल्बम पनी बजारमा चर्चामा छ ।
नेपाली ग़ज़ल गायनमा थानेश्वर गौतम छुट्टै प्रभाब दीन सफल भयका छन, भने अर्कों तीर नेपालकै बहुचर्चित नायिका रेखा थापाको चलचित्र राम प्यारीको शीर्ष गीतमा उनको स्वर र संगीतले नेपाली फ़िल्मी गीत संगीतको क्षेत्रमा पनी फ़रक प्रभाब जमाउन सफल भयका छन । जस्मा हस्त गौतम मृदुलको शब्द रहेको थियो भने अर्कोंतीर लक्ष्मण सूबेदिले निर्देशन गरेको फ़िल्म लाल जोड़ी मा पनी संगीत संगीत दीएका छन जहाँ नायिका रेखा थापाको र प्रलाहद तिमल्सिनाको स्वर रहेको छ ।
अब आऊने उनको यात्रामा नेपाली ग़ज़ल तथा सुगम संगीतको लहरमा छ म संग सबै छ छैंन तिम्रै अभाव छ प्रभा बर्तौलाको शब्द र गौतमकै स्वर संगीत रहेको छ, अनि कोरियामा बस्ने ग़ज़लकार निश्चल राईको शब्द नज़रले हान्दो रैछ माया बसेपछी ग़ज़लमा पनी गौतमकै स्वर संगीत रहेको छ, भानु कडेलको शब्द रहेको अर्कों ग़ज़ल सजियर आऊँ तिमी रङ्गियर आऊ बोलको ग़ज़ल अनि जापानमा बस्ने ग़ज़लकार तुलबिर समर्पणको शब्द तिमी आऊने बाटो भरि हुरि चलेर गायकों छ मा पनी गौतमकै स्वर संगीत रहेको छ ।
त्यस्तै गरेर नेपालकै बरिष्ठ गीतकार डा कृष्णहरी बरालको शब्दमा रहेको राष्ट्रीय गीत हाम्रो रगत किन यति सस्तो भयो र अर्कों राष्ट्रीय भाबको गीत रमेश अधिकारी द्वारा रचित गीत देशलाई केही दीयर जाने मा पनी गौतमकै स्वर संगीत रहेको छ र अमेरिकमा बस्ने हस्त गौतम मृदुल को एल्बममा ९ वटा गीत ग़ज़ल समावेश गरीयको गर्ने गरि रेकडिंग कार्य सकियको छ र अर्का नेपाली मूलका अमेरिकी नागरिक सुबास पुरिको एल्बममा ८ वटा गीत ग़ज़लको रेक़र्डिंग कार्य भई रहेको छ र हालै

सिंदूर लाउने हौली माया चुरा लाउने हौली
मध्यरातमा मीठा मीठा कुरा लाउने हौली

सम्पूर्ण देश बिदेशमा रहनु भयका आफन्त, शुभ चिन्तक र साथीहरूले अतिनै मन परायको बहु प्रतिक्षित गजल, गौतमकै स्वर र संगीतमा रहेको छबि चलिसे द्वारा रचित ग़ज़ल लाई चर्चित पत्रकार तथा निर्देशक सुब्रत आचार्यको निर्देशनमा क्यमरामा अर्जुन तिवारीका साथ चर्चित नायिका नीता ढुङ्गाना र छबि चलिसेको अभिनयमा छायांकन राजधानिको अत्यन्त रमणीय स्थान गोदावरीमा आज सकियको छ र उक्त ग़ज़लको बजार ब्याबस्थापन रंज्जना म्यूज़िक प्रा लिले गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण