गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचार, स्वास्थ्यफागुजात्रामा झडप हँदा तीन युवा घाईते, दुईको अवस्था गम्भीर

फागुजात्रामा झडप हँदा तीन युवा घाईते, दुईको अवस्था गम्भीर

March 22, 2016२१५ पटक

चितवन, चैत ९ । दारेचोक गाविस–३ लामिडाँडाको फागु मेलामा गएराति दुई युवा समूहबीच झडप हुँदा तीन जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय सोराहाका १५ वर्षीय आशिक गुरुङ, १४ वर्षीय सुदीप गुरुङ र २१ वर्षीय हस्तबहादुर गुरुङ घाइते भएका छन् । जसमध्ये सुदीप र हस्तबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । राति १ बजेको समयमा स्थानीय गुरुङ र मगर युवाबीच झडप भएको थियो । (रासस)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण