गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, स्वास्थ्यअर्घाखाँचीमा जंगली जनावर मार्नका लागि थापेको पासोमा परेको चितुवाको मृत्यु

अर्घाखाँचीमा जंगली जनावर मार्नका लागि थापेको पासोमा परेको चितुवाको मृत्यु

March 23, 2016१४७ पटक

प्रेम आचार्य
अर्घाखाँची, चैत १० – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ वांगलामा पासोमा परेको पोथी चितुवा उद्दार गर्न खोज्दा खोज्दै मरेको छ । मंगलबार राति वांगलाको बिखौदीको जंगलमा स्थानीय बासिन्दाले जंगली जनावर मार्नका लागि थापेको पासोमा चितुवा परेको थियो । बुधबार बिहान स्थानीय बासिन्दाले चितुवा परेको देखेपछि प्रहरी र वन कार्यालयमा खबर गरेका थिए ।
पासोमा परेको चितुवालाई जीवितै उद्दार गर्न वन कार्यलय, प्रहरी र सेनाको टोली बिखौदीमा गएको थियो । बिहानभरि लगाएर सेना, प्रहरी र वन कार्यलयको टोलीले पासोमा परेको चिुतुवालाई बाँसको घारोमा बानेर दिउँसो १ बजे जिल्ला वन कार्यालय सन्धिखर्कमा ल्याएका थिए ।
वन कार्यलयमा जिउँदै ल्याएको चितुवाको पासोमा परेको तार काट्ने औजार नहुँदा मरेका हो । जंगलबाट वन कार्यालयको प्रांगणमा ल्याएर उद्दार गर्न खोज्दाखोज्दै चितुवा मरेको जिल्ला वन कार्यलयका प्रमुख बलिराम पण्डितले बताउनुभयो । उहाँले राती पासोमा परेर पासोबाट उम्कन खोज्दा पासोको तारलेनै कसिएर चितुवा मरेको बताउनुभयो ।
वन कार्यालयमा ल्याएको झण्डै आधा घण्टासम्म तार काट्न नसक्नु र तार काट्ने औजार लिन नेपाली सेनाको गणमा जाँदा ढिला भएर चितुवा मरेको थियो । वन कार्यालयमा चितुवालाई उद्दार गर्न सक्ने दक्ष प्राविधिक नहुनु, औजारहरु पनि नहुँदा चितुवा मरेको प्रत्यक्षदर्शीले बताएका छन् । चितुवालाई बेहोस गराउने सिरिञ्ज नहुनु, कसरि खोरमा राख्नुपर्छ भन्ने थाहा नहुनु जस्ता कारण चितुवा मरेको हो ।
मरेको पोथी चितुवा ६७ इन्च लम्बाई र अनुमानित २५ केजीको रहेको वन कार्यालयका प्रमुख पण्डितले बताउनुभयो । पछिल्लो दुई महिनाको समयमा जिल्लाका विभिन्न ठाउँमा मृत अवस्थामा चितुवा फेला पर्ने गरेका छन् । पछिल्लो दुई महिनामै तीन वटा चितुवा मृत भेटिएका थिए । जिल्लामा चितुवाको आक्रमणले गएको दुई वर्षमा ६ जना बालबालिको ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण