गृहपृष्ठ » अन्तर्राष्ट्रिय, अार्थिक, कृषि, मुख्य समाचार, राजनीति, समचार, सूचना प्रविधी, स्वास्थ्यनेपालमा इन्धन व्यापार गर्न चीन सहमत, नेपालमा रेलमार्गको सम्भाव्यता अध्ययन हुने

नेपालमा इन्धन व्यापार गर्न चीन सहमत, नेपालमा रेलमार्गको सम्भाव्यता अध्ययन हुने

March 23, 2016५९३ पटक

चैत्र १०, । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाइमा लैजान १० बुँदे सम्झौता भएको पर्सिपल्ट १५ बुँदे संयुक्त विज्ञप्ती जारी गरेको छ ।
प्रधानमन्त्री ओली बेइजिङबाट हैनानको सान्या प्रस्थान गर्नुअघि १५ बुादे संयुक्त विज्ञप्तीमा जारी भएको हो । एक महिना अघि भारत भ्रमणमा संयुक्त वक्तव्य जारी हुन सकेको थिएन । चीनमा पनि सान्या प्रस्थान गर्नु अन्तिम समयसम्म संयुक्त विज्ञप्ती जारी गर्ने विषयमा छलफल भइरहेको थियो ।

चीनले नेपालको जारी संविधानलाई पूर्ण स्वागत गर्दै राजनीतिक स्थिरता तर्फ नेपाल अघि बढेको भन्दै त्यसमा चीन सहयोग रहने उल्लेख छ । संयुक्त विज्ञप्तिमा राजनीतिक स्थिरता र आर्थिक विकासको अवसरका रुपमा सदुपयोग गर्न समेत नेपाललाई शुभकामना दिइएको छ । त्यसमा नेपालले पनि ‘एक चीन नीति’ प्रतिको प्रतिवद्धता पुनस् दोहोर्‍याएको छ । नेपालले आफ्नो भूमिबाट चीनविरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिवद्धता प्रमुखताको साथ उल्लेख गरेको छ ।

दुई देशबीच सुपुर्दगी सन्धि र पास्परिक कानुनि सहायता सम्झौतालाई अघि बढाउने पनि सहमतिमा पुगेको संयुक्त वक्तव्यमा परेको छ । नेपालले चीन विरोधी गतिविधीलाई सुन्य पार्नको लागि चीनले यो सन्धीको यसअघि देखि नै माग गर्दै आएको थियो । अहिले यो संयुक्त विज्ञप्तीमा नै पारेको हो ।

दुवै देशले एक अर्काको भौगोलिक अखण्डता, स्वाधीनता र सार्वभौमसत्ता प्रति सम्मान गर्दै अघि बढ्ने बताइएको छ । दुई देशले जारी गरेको संयुक्त विज्ञप्तीमा बहुप्रतिक्षित इन्धन आयात सम्झौतालाई चााडै टुंग्याउने उल्लेख छ । भारतले पाँच महिना लामो नाकाबन्दी गरेको अवस्थामा चीनले नेपाललाई १४ लाख लिटर पेट्रोल अनुदान दिएपछि चीनबाट इन्धन आयात प्रक्रिया अघि बढाइएको भए पनि अहिले त्यो टुंगोमा पुर्‍याउने बारे विज्ञप्तीमा परेको हो ।

इन्धन आयातका लागि चााडै सम्झौता गर्ने कुरा उल्लेख भएकाले निकट भविष्यमै चीनबाट पनि व्यवसायिकरुपमा इन्धन आयात हुने विश्वास भ्रमण दलका अधिकारीहरुको छ । चीन–नेपालबीच इन्धन व्यापार गर्न मूल्य, कर, ढुवानी, भन्सार आदि विषयमा छलफल गर्ने भनिएको छ । नेपालमा इन्धन भण्डारण स्थल निर्माण गर्न दुई पक्ष सहमत भएका छन् । यो सहमति पहिले पनि भएको विषय हो ।

चिनियाँ लगानीलाई नेपालमा विस्तार गर्न तीन सय मेगावाटको माथिल्लो अरुण परियोजना अगाडि बनाउन दुवै देश सहमत भएका छन् । अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माण सम्बन्धी सम्भाव्यता अध्ययन गर्न चीनले प्राविधिक र आर्थिक सहयोग गर्ने उल्लेख छ । चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ रणनीतिमा नेपालको सक्रिय सहभागीता रहने समेत उल्लेख छ । यद्यपी त्यो सडकमा नेपाल अझै परेको छैन ।

नेपालमा चिनियाँ रेलमार्ग विस्तारको सम्भाव्यता अध्ययन गर्न प्राविधिक र आर्थिक सहयोग गर्ने सहमति पनि विज्ञप्तीको बुँदामा रहेको छ । सन् २०२० सम्म केरुङ आइपुग्ने रेललाई काठमाडौं र त्यहाँबाट पोखरा हुादै लुम्बिनीसम्म विस्तारका लागि सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न चीनले प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

आठ दिने भ्रमणको लागि बेइजिङ पुगेका प्रधानमन्त्रीले त्यहाँको भ्रमण सकि दोस्रो पाटोमा रहेको बोआओ फोरममा सहभागि हुन सान्या तर्फ लागेका छन् ।
उर्जामा सहकार्यका लागि दीर्घकालीन संयन्त्र बनाउन नेपाल र चीन सहमत भएका छन् । अरुण किमाथांक हाइड्रो, रसुवागढी(केरुङ चार सय केभी क्षमताको अन्तरदेशीय प्रशारण लाइन र काठमाडौं(खाँदवारी(धनकुटा रोड दुई लेनको बनाउन सम्भाव्यता अध्ययन तथा डीपीआरका लागि चीनले आर्थिक र प्राविधिक सहयोग गर्ने छ ।
काठमाडौं उपत्यकामा चक्रपथ विस्तारको पहिलो चरणको कामलाई तीव्रता दिन, दोस्रो चरणको सम्भावता अध्ययन गर्न र अरनिको राजमार्ग मर्मत गर्न चीन तयार भएको छ ।
यस्तै नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न चीनले प्रोत्साहन गर्ने दुई देशको १५ बुँदे संयुक्त विज्ञप्तिमा उल्लेख छ । क्रस बोर्डर इकोनोमिक जोन बनाउने, अरु भन्सार नाकाहरु खोल्दै जाने र हालै भएको पारवहन सम्झौता कार्यान्वयन तथा सीमा व्यवस्थापनका लागि गर्ने छलफल अघि बढाउने दुई देशको सहमति छ ।
चीनले नेपालको भूकम्प प्रभावित क्षेत्रको २५ परियोजनाका लागि सहयोग गर्ने र ३ बिलियन आरएमबी २०१६(०१८ मा खर्च गर्ने गरी दिने नेपाल र चीनको संयुक्त वक्तव्यमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण